Truth, Service, Security
Nepal Police
नेपाल प्रहरी

Truth, Service, Security

Police Station

Locate the police Station nearest to you : Select a District from the list to view the police station you are looking for.

personnel_facilities
dead_bodies
lost_vehicles

downloads

Public Poll

हत्या, डकैती, अपहरण जस्ता जघन्य अपराधमा साना हतियार (Small Firearms) प्रयोगको वाहुल्यतालाई के को उपज मान्नु हुन्छ ?
 
check_email

Online Users

We have 46 guests online
प्रहरीले छानविन अनुसन्धान गर्न अधिकार भएका फौजदारी मुद्दाहरु सम्बन्धि जानकारी

१   राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ अन्तर्गत सजाय हुने मुद्दा ।

२   मुलुकी ऐन,ज्यान सम्वन्धी महलले सजाय हुने मुद्दा।

३   मुलुकी ऐन, जवरजस्ती करणीको  महलले सजाय हुने मुद्दा।

४   मुलूकी ऐन,चोरीको महलले सजाय हुने मुद्दा(जारी चोरी वाहेक)।

५   घरमा वा सरकारी कागजपत्रमा  आगो लगाउनेको  वा लगाउना उद्दोग गरेको मुद्दा।

६   गौवध सम्वन्धी वा मुलूकी ऐन, चौपायाको महलको ८ नं अन्तर्गत सजाय हुने मुद्दा।

७   सरकारी वा अरु  सार्वजनिक धनमाल नोक्सान वा हिनामिना  गरेको मुद्दा।

८   हातहतियार खरखजना  सम्वन्धी मुद्दा।

९   मुलूकी ऐन,खोटा चलनको महलले सजाय हुने मुद्दा।

१० जो सुकैसंग रहने भए पनि सरकारी छाप दस्तखत वा सो छाप दस्तखत भएको वा सरकारी काममा कुनै कर्मचारीको  छाप दस्तखत भएको कागज किर्ते गरेको मुद्दा।

११ अरुका धर्म खलल पर्ने गरी कुनै धर्म प्रचार गर्ने,कसैको धर्म परिवर्तन गराउने वा सो कुराको उद्दोग गरेको मुद्दा।

१२  मुलूकी ऐन जीउ मास्ने बेच्नेको महलले सजाय हुने मुद्दा।

१३ हुलाक ऐन,२०१९ अन्तर्गत सजाय हुने मुद्दा।

१४ जासूसी ऐन, २०१८  अन्तर्गत सजाय हुने मुद्दा।

१५ नेपाल नागरिकता ऐन, २०६३ अन्तर्गत सजाय हुने मुद्दा।

१६ प्राचीन  स्मारक  संरक्षण ऐन, २०६३ अन्तर्गत सजाय हुने मुद्दा।

१७ यस ऐनको अनुसूची १ वा २ अन्तर्गतका  मुद्दाको  जरियाबाट उठेको किर्ते  वा जालसाजी मुद्दा।

१८ जुवा सम्वन्धी मुद्दा।

१९      केहि  सार्वजनिक (अपराध र सजाय) ऐन,२०२७ अन्तर्गत सजाय हुने मुद्दा

२० लागू  औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत सजाय हुने मुद्दा

२१ आवश्यक सेवा सन्चालन ऐन, २०१४  अन्तर्गत सजाय हुने मुद्दा।

२२ कालो बजार  तथा  केहि  अन्य  सामाजिक अपराध र सजाय हुने ऐन,२०३२ अन्तर्गत  सजाय हुने मुद्दा।

२३ अपाङ्ग संरक्षण तथा कल्याण ऐन,२०३९ अन्तर्गत सजाय हुने मुद्दा।

२४ लिखितहरुको  गोप्यता सम्वन्धी ऐन, २०३९ अन्तर्गत  सजाय हुने मुद्दा।

२५ नेपाल राहादानी ऐन २०३४ अन्तर्गत सजाय हुने मुद्दा।

२६ मुलूकी ऐन, ठगीको महलले सजाय हुने मुद्दा।

२७  मुलूकी ऐन, विवाहवारीको महलले १० नं  अन्तर्गत सजाय हुने मुद्दा।

२९ ज्यान सम्वन्धीको महल र चौपायाको महलले  सजाय हुने   बाहेक  मानिस, गाई, साँढे,र गोरु  मरेकोमा सवारी    सम्वन्धी प्रचलित  कानून  बमोजिम सजाय हुने मुद्दा।

३० मानब बेछबिखन तथा ओसार पसार (नियन्त्रण) सजाय ऐन २०६४ अन्तर्गत सजाय हुने मुद्दा।

३१ बैंक वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व  भएको संगठित संस्थाको नगदी वा जिन्सी सम्वन्धित बैंक वा सस्थाको कर्मचारीसंग मिलेमतो  गरी वा नगरी अन्य कुनै व्यक्तिले मसोट वा हिनामिना  गरेको  मुद्दा।

३२ बैंक  वा नेपाल  सरकारको पूर्ण वा आंशिक स्वामित्व  भएको  संगठित संस्थाको किर्ते कागज पेश गरी ठगी गरेको किर्ते तथा ठगी मुद्दा।

३३ बगलीमारा चोरी मुद्दा।

३४ कुनै ऐनमा नै यो अनुसूचीमा समावेश भएको मानिनेछ भनी लेखिएको मुद्दा।

३५ यो ऐन बमोजिम नेपाल सरकार बादी हुने नेपाल सरकारले समय सम यमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको   हरु कुनै फोजदारी अपराध सम्वन्धी मुद्दा।

३६ आवश्यक  वस्तु संरक्षण ऐन, २०१२ अन्तर्गत  सजाय हुने मुद्दा।

३७ विष्फोटक पदार्थ ऐन २०१८ अन्तर्गत सजाय हुने मुद्दा ।

३८ गैरसैनिक हवाइ उडान सिभिल सभिएशन ऐन, २०१५ को दफा (क) बमोजिमको मुद्दा ।

३९ सवारी साधनवाट कुनै मानिस अंङ्गभंङ्ग वा घाइते भएको मुद्दा ।

४० अवैध चन्दा ऐन, २०३० अन्तर्गत सजाय हुने मुद्दा ।

४१  मुलूकी ऐन, कुटपिटको महलको ८ (क) ले सजाय हुने मुद्दा ।

४२ छापाखाना र प्रकाशन सम्बन्धी एन, २०४८ को दफा ७ बमोजिम प्रमाणपत्र नलिई प्रकाशन गरेको कसूर तथा दफा १४२ र १५ को कसूर सम्बन्धी मुद्दा ।

४३ प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गत सजाय हुने मुद्दा ।

४४ मानव अंङ्ग प्रत्यारोपरण नियन्त्रण गर्न बनेको ऐन, अन्तर्गत सजाय हुने मुद्दा ।

४५ बैंङ्किङ कसूर अपराध सजाय ऐन अन्तर्गत सजाय हुने मुद्दा ।

४६ अपहरण तथा शरिर वन्धक लिनेको महल अन्तर्गत सजाय हुने मुद्दा ।

४७ सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत सजाय हुने मुद्दा ।

४८ सवारी तथा यातायात व्यवस्था नियमावली, २०६६ अन्तर्गतको मुद्दा ।

४९ विद्युतिय अपराध नियन्त्रण तथा सजाय ऐन, ३०६३ अन्तर्गतको मुद्दा ।

५० प्रतिलिपि अधिकार नियमावली २०६१ अन्तर्गत सजाय हुने मुद्दा ।

५१ मुलूकी ऐन अदलको महलले सजाय हुने मुद्दा । (छुवाछुत, बोक्सी)

५२ घरेलु हिंसा तथा नियन्त्रण ऐन, २०६६ अन्तर्गतको मुद्दा ।