चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाण पत्र उपलब्ध गर्राई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरुलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाण पत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन फारम तल दिईएको लिङ्कबाट डाउनलोड गरी प्राप्तगर्न सकिनेछ । यसरी प्राप्त निवेदन फारम निवेदक आफैले वा अन्य कोहीद्धारा पनि भराउन सकिने छ । प्रहरी चारीत्रिक प्रमाण पत्र प्राप्त गर्न निवेदन फारममा लाग्ने रु १० को  हुलाक टिकट बाहेक अन्य कुनै दस्तुर लाग्ने छैन ।

चालचलन प्रमाणपत्र लिनलाई अपनाउनु पर्ने कार्यविधि:

१. स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि

तोकिएको दर्ता केन्द्रहरुमा सम्बन्धित निवेदकले आफ्नो चालचलनबुझ्नको लागि तोकीएको निवेदन फारममा रु.१० को  हुलाक टिकट टांसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन बुझाउनेहरुको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जांच गर्न सोही दिन पर्ठाईने छ ।अभिलेख जांच भई निवेदनहरु फिर्ता आएपछि रुजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरु वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरुमा पठाइने छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनु पर्नेछ ।निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाण पत्र प्राप्त गर्न सकिने छ ।निवेदनकोसाथ पेश गर्नु पर्ने कागजातको हकमा निवेदन फारममा उल्लेख गरिएको छ ।

फारम डाउनलोड »
चालचलन प्रमाणपत्र नमूना »

२. विदेशमा रहेका नेपाली नागरिकहरुका लागि

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्ने छ ।समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजांचको लागि पर्ठाईने छ ।अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधिसम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गर्राईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्ने छ ।निवेदन साथ पेश गर्नु पर्ने कागजातको हकमा निवेदन फारममा उल्लेख गरिएको छ । निवेदन दिएको ३ दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ । 

फारम डाउनलोड »
चालचलन प्रमाणपत्र नमूना »

चालचलन प्रमाणपत्र लिनका लागि माथी लिङ्कमा दिइएका दुवै फारमहरु डाउनलोड गरी सही रुपमा भरेर दर्ता गर्ने स्थानहरुमा बुझाउनुहोला।

हाल निवेदन दर्ता गर्न सकिने स्थान :- प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, चालचलन शाखा, नक्शाल काठमाडौ ।
निवेदन वुझाउनु पर्ने समय :- शनिवार तथा र्सार्वजनिक विदाका दिन वाहेक हेरक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र


३. विदेशी शरणार्थीहरुका लागि

प्रहरी प्रधान कार्यालय चालचलन शाखामा निवेदक आफै उपस्थित भई तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसगरी निर्धारित समय भित्र निवेदन दिनु पर्ने छ । निवेदनसाथ पेश गर्नु पर्ने कागजातहरुमा राहदानी वा ट्राभल डकुमेन्टको प्रमाणित प्रतिलिपी, सम्बन्धित व्यक्तिको परिचयात्मक प्रमाणपत्रको प्रतिलिपी, विदेश जाने सम्बन्धित कागजातहरु, बसोवास गरेको स्थान खुल्ने कागजात र दुवै कान देखिने ३ प्रति हालसालै खिचेको पासपोर्ट र्साईजका फोटो संलग्न राख्नु पर्ने छ । निवेदन दर्ता भए पश्चात निवेदकको अपराधिक अभिलेख जांच गरी ठीक भएमा निवेदक आफै यस शाखामा उपस्थित भई प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ । निवेदन दर्ता भएको ७ दिन भित्र प्रमाणपत्र उपलव्ध गर्राईने छ ।

फारम डाउनलोड »

हाल निवेदन दर्ता गर्न सकिने स्थान :- प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, चालचलन शाखा, नक्शाल काठमाडौ ।
निवेदन वुझाउनु पर्ने समय :- शनिवार तथा र्सार्वजनिक विदाका दिन वाहेक हेरक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

 ४. विदेशी नागरिकहरुका लागि

नेपालमा केही समय रही विदेश गईसकेको भए निजको सरोकारवाला व्यक्ति वा संस्थाले र नेपालमै भए नीजहरु नै स्वयं उपस्थित भई तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसगरी प्रहरी प्रधान कार्यालय चालचलन शाखामा निवेदन दिनु पर्ने छ ।निवेदनसाथ पेश गर्नु पर्ने कागजातको हकमा नीज नेपालमा रहदा बस्दाको अवस्थामा नेपाल अध्यागमन शाखाबाट लगाईएको आगमन मिति, भिषाको प्रमाणित प्रतिलिपी, राहदानीको प्रमाणित प्रतिलिपी, संघ संस्थामा काम गरेको भएमा सो संस्थाको चिठी र हालसाल खिचेको दुवै कान देखिने ३ प्रति पासपोर्ट र्साईजको फोटो आवश्यक पर्नेछ । निवेदन दर्ता भए पश्चात नीज निवेदक कुनै पनि अपराधमा संलग्न नरहेको भनि सम्वन्धित निकायहरुबाट जवाफ आएमा ७ दिन भित्र प्रमाणपत्र उपलव्ध गर्राईने छ । केहि समय नेपालमा रहि विदेश गईसकेकाहरुलाई चारीत्रिक प्रमाणपत्र उपलव्ध गराउदा नेपालमा रहेको अवधि सम्मको मात्र उपलव्ध गर्राईने छ ।

फारम डाउनलोड »

हाल निवेदन दर्ता गर्न सकिने स्थान:- प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, चालचलन शाखा, नक्शाल काठमाडौ ।
निवेदन वुझाउनु पर्ने समय :- शनिवार तथा र्सार्वजनिक विदाका दिन वाहेक हेरक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।