Police Station
| Locate the police Station nearest to you : Select a District from the list to view the police station you are looking for. |
Public Poll
Online Users
We have 33 guests online| Community Police |
|
नेपालमा सामुदायिक प्रहरी सेवा नेपाल प्रहरीको सांगठनिक लक्ष भनेको अपराध अनुसन्धान तथा नियन्त्रण गरी देशमा शान्ति सुरक्षा कायम राख्नु हो । प्रहरी ऐन २०१२ ले पनि नेपाल प्रहरीलाई अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने एउटा सुयोग्य साधनको रुपमा परिभाषित गरेको छ । आफ्नो सांगठनिक लक्ष पूर्तिकालागि सदैव कटिवद्ध नेपाल प्रहरीसामु समाजको विकाशक्रमसँगसँगै अपराधका नयाँनयाँ तौरतरीकाहरु चूनौतीको रुपमा खडाहदै गए । यसै तथ्यलाई मनन्गर्दै नेपाल प्रहरीले पनि अपराध नियन्त्रणको क्षेत्रमा आफ्नो कार्यशैलीमा समय सापेक्ष परिवर्तन गर्नु पर्ने महसुश गर्यो र सोही परिवर्तित अवधारणा अनुरुप र्सवप्रथम वि.सं. २०३९ सालमा घर दैलो कार्यक्रम को संचालन भएको थियो । यस घर दैलो कार्यक्रमको मूख्य उद्धेश्य भनेको नागरिकहरुको प्रत्यक्ष सहयोगमा समाजमा घट्नसक्ने अपराधको पहिचान गरी त्यस्तो संभावित अपराधमाथि पूर्वनियन्त्रण गर्नु थियो । अन्ततः यसरी संचालन भएको उक्त घर दैलो कार्यक्रम नै हाल संचालित सामुदायिक प्रहरीको आधार स्तम्भ हुन पुगेको छ ।बि.सं. २०४६ साल पश्चात राज्यले अंगिकार गरेको प्रजातान्त्रिक मूल्य तथा मान्यताहरुले सामुदायिक प्रहरीको आवश्यकतालाई झनै वढाएको महशुश भएपछि नेपाल प्रहरीले र्सवप्रथम बि.सं.२०५१ सालमा पाइलट प्रोजेक्टको रुपमा काठमाडौ उपत्यकाको महाराजगंज, चावहिल र बानेश्वरबाट सामुदायिक प्रहरी सेवाको सुरुवात गरेको थियो । यसरी उक्त समयमा विभिन्न सामुदायिक सेवा केन्द्रको नामले संचालित ती सामुदायिक प्रहरी सेवाले सो स्थानहरुमा राम्रो लोकप्रियता हासिल गरेपछि यसलाई शहरी क्षेत्रमा मात्र सीमित नराखी नेपालभरका विभिन्न ग्रामिण इलाकासम्म विस्तार गरिदै लगिएको हो । हाल यी सामुदायिक प्रहरी सेवाहरु प्रहरी प्रधान कार्यालयले निर्धारण गरेको सामुदायिक प्रहरी सेवा निर्देशिका अर्न्तर्गत रहेर नेपालका ७५ वटै जिल्लाहरुका विभिन्न १४१ स्थानहरुमा संचालनमा रहेका छन् । सांगठनिक कार्य संरचना:- लक्ष्य:- आम नागरिकहरुको सहयोगमा देशमा घट्ने सम्पूर्ण अपराधहरुको नियन्त्रण गर्ने ।उदेश्यहरु:- कार्यरत संख्या:- दरवन्दी संख्या:- हालसम्म स्थापना भएका सामुदायिक प्रहरी सेवा केन्द्रहरु:- गतिविधिहरु:- जनचेतनामुलक:- • स्कुल सम्पर्क कार्यक्रम। अपराध नियन्त्रण:- जनस्वास्थ्य तथा वातावारण:- विकाश निर्माण:- विविध:- |







