| अभियुक्तको विवरण |
तश्वीर |
| मिति २०६८।४।२८ गते जिल्ला सुर्खेत लाटीकोइली ९ काक्रेबिहार जंगल स्थित जन्तीसाल भन्ने स्थानमा एक युवतीलाई अपहरण गरी सामुहिक बलात्कार गरी भिडियो सि.डि.समेत तयार गरी बिक्री गरेको घटनामा संलग्न अभियुक्तहरु वारदात स्थलबाटै भागी फरार रहेका र हालसम्म फेला नपरेकोले निम्न हुलिया भएको व्यक्तिलाई कहिंकतै देखे वा फेलापरेमा नजिकको प्रहरी कार्यालयमा खवर गरिदिनुहुन अनुरोध गरिन्छ । |
|
|
नाम:- भोला भन्ने अनन्तराज मानन्धर बुवा :- भुषण मानन्धर वतन:- जिल्ला सुर्खेत, लाटीकोइली -८ उमेर:- अं.२३/२४ वर्ष लिङ्ग:- पुरुष हुलिया:- बर्ण कालो, उचाई ५ फिट २ ईन्च, माथिल्लो ओठमा पुरानो काटिएको खत, पातलो शरीर, टाउँकोको अगाडी पट्टी तालु खुईलिएको |
 |
|
|
नाम:- कृष्ण डाँगी बुवा :- लाल बहादुर डाँगी वतन:- जिल्ला सुर्खेत, लाटीकोइली - २ उमेर:- अं.२४/२५ वर्ष लिङ्ग:- पुरुष हुलिया:- उचाई ५ फिट कपाल कुम सम्म लामो पालेको, दाहिने हातको नाडी पाखुरामा खोपेको दाग (ट्याटु) बनाएको, पातलो जिउडाल भएको |
 |
|
|
नाम:- हेमराज गिरी वतन:- जिल्ला सुर्खेत, लाटीकोइली - ८ उमेर:- अं.३०/३१ वर्ष लिङ्ग:- पुरुष हुलिया:- उचाई ५ फिट ७ ईन्च, मोटो नमिलेको शरीर, दायाँ हातको पाखुरामा लामो कालो दाग र सो दागमा रौं आएको, कपाल केही फुलेको |
 |
|
|
नाम :- मोहमद जमिल उमेर :- ४३ बर्ष बुवाको नाम :- जाफर अली भट्टी नागरिकता :- पाकिस्तानी पासर्पोट नं :- BT8204331 नागरिकता नं :- 37405-7033433-5 |
 |
|
|
| रामप्रवेश साह तेलीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सत्यनारायण साह तेली समेत भएको अपहरण तथा शरीर बन्धक लिने मुद्धामा मुख्य अभियुक्त सन्जय मिश्रा भन्ने कुमार अमर भाष्कर राज शर्मा फरार रहेको र निज हाल सम्म पनि अपहरण, हतियार ओसार पसार, फोनबाट धम्की दिने जस्ता अपराधिक गतिबिधिमा संलग्न रहेको भन्ने बुझिन आएकोले निज लुकिछिपि अन्यत्र जिल्लाहरुमा समेत बस्न सक्ने भएकोले कहीँ कतै फेला परेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुहुन अनुरोध गरीएको छ । |
|
|
नाम :– कुमार अमर भाष्कर राज शर्मा । उपनाम :– सन्जय मिश्रा उमेर :– ३४ बर्ष बुवाको नाम :– उग्रसेन मिश्रा । बाजेको नाम :– रामबिलास मिश्रा । वतन :– जिल्ला रौतहट गा.बि.स.पिपरा भगवानपुर वार्ड नं.१ हुलिया :– उचाई अ.५ फिट ३ ईन्च, बर्ण गोरो, पातलो शरीर, लाम्चो अनुहार भएको
|
फोटो उपलब्ध नभएको |
|
|
| जि.रौतहट गा.बि.स.ईनर्वा वार्ड नं.५ बस्ने रामएकवाल महतो नुनियाको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी रामप्रसाद महतो नुनिया समेत भएको कर्तव्य ज्यान मुद्धाको अभियुक्त दिनेश महतो नुनिया फरार रहेको र निज लुकीछीपी अन्यत्र जिल्लाहरु एवं राष्ट्रमा बस्न भाग्न सक्ने सम्भावना भएको हुँदा निजलाई मोष्ट वान्टेड मा राखिएको सबैलाई सुचित गरिन्छ । |
|
|
नाम :– दिनेश महतो नुनिया उमेर :– २७ बर्ष बुवाको नाम :– रामप्रसाद महतो नुनिया बाजेको नाम :– चन्द्र महतो नुनिया वतन :– जिल्ला रौतहट गा.बि.स.ईनर्वा वार्ड नं. ५ हुलिया :– उचाई अ.५ फिट ४ ईन्च, बर्ण गोरो, बाँयाको बुढीऔलाको नङको भाग काटी नङको भाग नभएको,लाम्चो अनुहार भएको |

|
|
|
कास्की जिल्ला पोखरा उपमहानगरपालिका वार्ड नं. ६ बैदामस्थित शिखर होटलबाट मिति २०६७/०६/२९ गते विहान विदेशी डलर , ट्राभल चेक तथा नेपाली नगद गरी विगो रु. ७,५०,०००/- -अक्षेरुपी रु सात लाख पचास हजार) बराबरको चोरी गरी फरार भएकाले निज लुकिछिपि अन्यत्र जिल्लाहरुमा समेत बस्न सक्ने भएको हुँदा कहिं कतै फेला परेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिनुहुन अनुरोध गरिएको छ।
|
|
नाम :- सुरेन्द्र कुँवर भन्ने भवानी दुलाल उमेर :- १८/१९ वर्ष उचाई :- अन्दाजी ५ फीट वर्ण :- गहुँगोरो -कालो कालो) ठेगाना :- जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं.- १० आमाको नाम :- सावित्री दुलाल
|

|
|
| जिल्ला धनकुटा, खोकु गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ५७ को ज्ञान बहादुर राईको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी मतिलाल राईको छोरा जि. सुनसरी, बराहाक्षेत्र गा.वि.स. वाड नं.८ घर भई नेपाली सेनाको कालीध्वज गण भोजपुरमा सिपाही पदमा कार्यरत बर्ष ३२ को शम्भु सिक्ते्न राई समेत भएको कर्तब्य ज्यान मुद्धामा तपसीलमा उल्लेखित हुलिया भएको सम्भु सिक्तेन राई फरार रहेको र निज लुकीछीपी अन्यत्र जिल्लाहरु एवं राष्ट्रमा बस्न भाग्न सक्ने सम्भावना भएको हुँदा निजलाई मोष्ट वान्टेड मा राखिएको सबैलाई सुचित गरिन्छ । |
|
|
नाम:- शम्भु सिक्तेईन
उमेर :- ३२ बर्षको,
ठेगाना :- जिल्ला सुनसरी बराहाक्षेत्र गा.वि.स. वडा नं. ८
हुलिया :- कपाल छोटो, ठाडो ५ फिट ७ ईन्च भएको
बाबुको नाम :- मति लाल राई
नाम :- शम्भु सिक्तेन
उमेर :- ३२ बर्षको
ठेगाना :- जिल्ला सुनसरी, बराहाक्षेत्र - ८
हुलिया :- कपाल छोटो, ठाडो ५ फिट ७ ईन्च भएको
बाबुको नाम :- मति लाल राई
|
 |
|
|
उपरोक्त सम्बन्धमा डा. भक्तमान श्रेष्ठको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी नबिन क्षेत्री समेत भएको मानिस अपहरण तथा शरिर बन्धक मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने भएकोले निम्न स्थान वस्ने निम्न मानिसहरू हालसम्म फरार रहेकाले कहि कतै फेला परेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी दिनहुन अनुरोध गरिएको छ
|
|
|
नाम :- गौतम योन्जन उमेर :- ३१ बर्ष ठेगाना :- काठमान्डौ जिल्ला का.म.न.पा.४ चण्डोन बाबुको नाम :- कुमार लामा
|
फोटो उपलब्ध नभएको |
|
|
|
नाम :- राजेन्द्र कुमार पण्डित
उमेर :- ४० बर्ष
ठेगाना :- जिल्ला नुवाकोट चारघरे गा.वि.स.मुल्पानी
हुलिया :- गहूँगोरो, मझौला शरिर उचाई ५'७" फिट
बाबुको नाम:- हेम बहादुर पण्डित
|
फोटो उपलब्ध नभएको |
|
|
नाम :- लुप्पा गुरुङ्ग उमेर :- २४ बर्षको, ठेगाना :- जिल्ला नुवाकोट चारघरे गा.वि.स.मुल्पानी , हुलिया :- गहूँगोरो, मोटो शरिर ५.६" फिट उचाई बाबुको नाम:- हेम बहादुर पण्डित |
 |
|
|
नाम:- भिमसेन पण्डित उमेर :- ३७।३८ बर्षको, ठेगाना :- जिल्ला नुवाकोट चारघरे गा.वि.स., हुलिया :- च्यापुको दाहिने तल पट्टी दाग भएको ।गहूँगोरो, मोटो शरिर ५.६" फिट ७ ईन्च, बाबुको नाम:- हेम बहादुर पण्डित |
 |
|
|
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी Assurance Unity Life International LTD का संचालक नेत्र राजवंशी समेत भएको विना ईजाजत बैंक तथा वित्तिय संस्था संचालन गरेको (बैंकिङ्ग कसुर) र ठगी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने भएकोले निम्न स्थान वस्ने निम्न मानिसहरू हालसम्म फरार रहेकाले कहि कतै फेला परेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी दिनहुन अनुरोध गरिएको छ ।
|
|
|
नाम:- काशीराम गुरुङ्ग (प्रसाद भनेर चिनिने)
ना.प्र.नं.:- ४७८५ जि. प्रशा. का. स्याङ्गजा
ठेगाना:- फोदीखोला -६, स्याङ्गजा
बाबुको नाम:- एक बहादुर गुरुङ्ग
|
 |
|
|
|
नाम:- कृष्ण बहादुर क्षेत्री
ना.प्र.नं.:- ७८४ जि.प्रशा.का. पर्वत
ठेगाना:- अर्थडाडा -३, पर्वत
बाबुको नाम:- तेज बहादुर क्षेत्री
|
 |
|
|
|
नाम:- विष्णु बहादुर क्षेत्री
ना.प्र.नं.:- २५४२
ठेगाना:- अर्थडाडा -३, पर्वत
बाबुको नाम:- तेज बहादुर क्षेत्री
|
 |
|
|
|
नाम:- महेन्द्र के.सी.
ना.प्र. नं.:- २१२५० जि.प्रशा.का. वाग्लुङ्ग
ठेगाना:- वालिङ्ग-३ वागलुङ्ग
बाबुको नाम:- पदम व. के.सी.
|
 |
|
|
|
मिति २०६६।०२।२८ गतेको दिन स्कुल जाँदै गरेकी पपला पियाको छोरी बर्ष १० की बालिका मोनिका पियालाई का.म.पा. वडा नं. १६ जनजागृति मार्गबाट जबर्जस्ति उठाई अगाडी तर्फ बा.३३ प २९९१ र पछाडी तर्फ ना ३० प ४४८८ नं. को नम्बर प्लेट राखिएको १०० cc को पल्सर मोटर साइकलमा राखि अपहरण गरी लैजाँदै गरेको अवस्थामा प्रहरी तथा स्थानिय मानिसहरुको सहयोगमा नीज बालिकालाई अपहरणकारीको कब्जाबाट मुक्त गर्न सफल भई अपहरणकारीहरु मध्ये बिदुर प्रसाद गौतम र रवि श्रेष्ठ तत्काल पक्राउ परेको र बाँकी तीन जना पक्रउमा नपरी हालसम्म फरार रहेकाले कहि कतै फेला परेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी दिनहुन अनुरोध गरिएको छ ।
फरार अभियुक्तको बिवरण :-
१.नाम :- रमेश भन्ने पुर्ण जर्गा मगर उमेर :- अन्दाजी २८/२९ बर्ष ठेगाना :- जिल्ला धादिङ खाल्टे गा.वि.स. वडा नं. ४ छाप घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने हुलिया :- बर्ण गहुँगोरो शरीर मोटो-मोटो, उचाई अं. ५ फिट ५ इन्च भएको बाबुको नाम:- हेम बहादुर पण्डित
२.नाम :- राजेश भन्ने राजकुमार पौडेल उमेर :- अन्दाजी २८/२९ बर्ष ठेगाना :- जिल्ला धादिङ्ग खाल्टे गा.वि.स. वडा नं. ४ छाप घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने हुलिया :- बर्ण गहुँगोरो शरीर मोटो-मोटो, उचाई अं. ५ फिट ५ इन्च भएको, कपाल छोटो, कालो,
३.नाम :- इश्वर के.सी. उमेर :- अन्दाजी २५/२६ बर्ष ठेगाना :- का.जि. खड्ग भद्रकाली गा.वि.स. वडा नं. ७ बस्ने हुलिया :- बर्ण कालो उचाई अं. ६ फिट शरीर मझौला खलको, कपाल लामो कालो, हेर्दा बाहुन क्षेत्री जस्तो देखिने
|