Truth, Service, Security
Nepal Police
नेपाल प्रहरी

Truth, Service, Security

प्रहरी कार्यालयहरु

तपाईको नजिकमा रहेको प्रहरी कार्यालयहरु खोज्नुहोस : तपाईको नजिकको प्रहरी कार्यालय हेर्नका लागि तल दिईएको लिस्टवाट जिल्ला छान्नुहोस।

ecomplaint
dead_bodies
lost_vehicles

जनमत

check_email

Online Users

हामीसँग 105 जना अतिथिहरु अनलाइन हुनुहुन्छ
केन्द्रीय प्रहरी परिवार महिला संघ
परिचय
“सेवा नै धर्म हो” भन्ने भावनाले अभिप्रेरित भई मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद तथा मानविय सेवाका विविध क्षेत्रमा आर्थिक तथा सामाजिक सेवा उपलब्ध गराउने पवित्र उद्देश्य लिई २०४१ सालमा गठित यस केन्रीखेय प्रहरी परिवार महिला संघ २७ औं बशन्त पार गरी यहांसम्म आई पुगेको छ । जस अनुसार संघले लागु औषध दुर्व्यसनी सुधार केन्द्रको सञ्चालन देखी लिएर रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, बाढी, पहिरो, भुकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपमा परेका पिडितहरुलाई राहत उपलव्ध गराउने, वहालवाला प्रहरी कर्मचारीका परिवारहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले आयआर्जनका लागी विभिन्न शिपमुलक तालीमको सञ्चालन गराउने र आर्थिक सहायता प्रदान गर्ने, अमर प्रहरी तथा अशक्त घाईते प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ती प्रदान गरी राष्ट्र सेवक प्रहरी कर्मचारीको मनोवल उच्च बनाउने देखी लिएर समाज सेवाका विभिन्न क्षेत्रमा आफ्नो सहभागिता जनाउंदै संघद्घारा मानविय सेवाका कार्यक्रमहरु संचालन गर्नेसम्मका कार्यक्रम गर्दै आई रहेको छ । यसबाट समग्र मुलुकको विकासमा टेवा पुग्नेछ भन्ने विश्वास लिईएको छ ।

उद्देश्य
  • घरवार विहिन भई आश्रममा आश्रित वृद्ध-वृद्धाहरुलाई सहयोग उपलब्ध गराउने ।
  • अमर प्रहरी, घाईते, दिर्घरोगी तथा प्रहरी विद्यालयमा अध्ययन प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ती प्रदान गर्ने ।
  • बाढी पहिरो, भुकम्प, आगलागी जस्ता दैविप्रकोप पिडितहरुलाई आर्थिक सहयोग तथा राहत सामाग्री प्रदान गर्ने ।
  • वीरगती प्राप्त अमर प्रहरीका परिवारहरुलाई आर्थिक सहयोग प्रदान गर्ने ।
  • नेपाल प्रहरी अस्पताल तथा स्वास्थ्य सेवामा रहेका अन्य सामुदायिक अस्पताल समेतलाई उपचारमा आवश्यक उपकरणहरु उपलब्ध गराउने ।
  • प्रहरी कर्मचारीका परिवारलाई स्त्रीरोग सम्बन्धी परामर्श, परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
  • वहालवाला प्रहरी कर्मचारीका परिवारहरुलाई आयआर्जनका लागी शिपमुलक तालीम सञ्चालन  गर्ने ।
  • समाज सेवाका विभिन्न क्षेत्रमा आफ्नो सहभागिता जनाउंदै मानविय सेवाका कार्यक्रमहरु संचालन गर्ने ।

0000002405-5बर्तमान कार्यकारणी समितिका पदाधिकारी ज्यूहरु
अध्यक्षय: श्रीमती संगम शाह
उपाध्यक्षहरु: श्रीमती शक्ति कुँवर, श्रीमती बिनु खड्का, श्रीमती मिना गुरुङ्ग, श्रीमती वसु तिमल्सीना, श्रीमती अन्जु गौतम, श्रीमती शैलेन्द्री सिंह कुँवर, श्रीमती दुर्गा शाही, श्रीमती रिता राना, श्रीमती रज्जु मल्ल ढकाल, श्रीमती मुक्ता प्रसाईं
महा–सचिव: श्रीमती ललिता राई
कोषाध्यक्ष: श्रीमती प्रतिभा श्रेष्ठ
विशेष सल्लाहकार: श्रीमती कमला थापा
सचिव: श्रीमती उपमा आचार्य
सह–कोषाध्यक्ष: श्रीमती प्रतिमा घिमिरे
सदस्यहरु: श्रीमती राजेश्वरी सिंह, श्रीमती कामना खनाल, श्रीमती लक्ष्मी बर्तौला, श्रीमती अम्बिका श्रेष्ठ, श्रीमती अनुश्री पाख्रीन, श्रीमती चन्द्रा ओझा र श्रीमती बुनु थापा

यस केन्द्रय प्रहरी परिवार महिला संघको काम कारवाहीलाई अझ बढी चुस्त र सेवामुलक बनाउंनको लागी उपाध्यक्ष ज्यूहरुको संयोजकत्वमा निम्नानुसार विभिन्न उप-समितिहरु गठन गरी निम्नानुसार कार्य विभाजन समेत गरिएको ।
स्वास्थ्य तथा जन चेतना उप-समिति
प्रशासनिक उप-समिति शिप विकाश मुलक उप-समिति

श्रीमती शक्ती कुंवर  - संयोजक

श्रीमती सुनिता राणा - सदस्य

श्रीमती राजेश्वरी सिंह  - ,,

श्रीमती विष्णु चन्द    -  ,,

श्रीमती मञ्जु पाठक  -  ,,

श्रीमती महिमा शाह   -  ,,

श्रीमती मीना मल्ल    -  ,,

श्रीमती गोमा घर्ति     - ,,

श्रीमती हरीप्रिया सिंह   - ,,

श्रीमती सिमा खनाल    - ,,

श्रीमती मिना गुरुङ्ग  - संयोजक

श्रीमती ललिता राई -  सदस्य

श्रीमती करुणा शाह  -   ,,

श्रीमती सिमा अर्याल -   ,,

श्रीमती मुन्नी भट्ट    -   ,,

श्रीमती अर्चना बस्नेत -  ,,

श्रीमती अनुश्री पाख्रिन -  ,,

श्रीमती जानुका गिरी  -  ,,

 

 

श्रीमती वसु तिमल्सिना - संयोजक

श्रीमती कमला थापा   - सदस्य

श्रीमती  तारा नेपाल   -    ,,

श्रीमती दुर्गा आचार्य    -    ,,

श्रीमती सोनु देउजा   -      ,,

श्रीमती महिमा बम    -      ,,

श्रीमती अम्बिका श्रेष्ठ   -     ,,

श्रीमती चन्द्रा ओझा    -     ,,

 

 

 

लेखा तथा व्यवस्थापन उप-समिति सामाजिक चेतना उप-समिति  
शिक्षा उप-समित

श्रीमती अंजु गौतम - संयोजक

श्रीमती प्रतिभा श्रेष्ठ  - सदस्य

श्रीमती प्रार्थना सिंह  -   ,,

श्रीमती नानु निरौला  -   ,,

श्रीमती गाजु गुरुङ्ग   -   ,,

श्रीमती कल्पना आचार्य - ,,

श्रीमती शोभा मल्ल    -  ,,

श्रीमती सरिता रानाभाट - ,,

 

 

श्रीमती शैलेन्द्री सिंह कुवर - संयोजक

श्रीमती रविता राणा      -  सदस्य

श्रीमती दिव्या अधिकारी  -   ,,

श्रीमती उपमा आचार्य   -   ,,

श्रीमती गौरी विष्ट      -    ,,

श्रीमती विना खरेल     -    ,,

श्रीमती रक्षा सिंह राणा  -    ,,

 

 

 

श्रीमती रीता राना - संयोकजक

श्रीमती निता शाही  -  सदस्य

श्रीमती अंजिला प्रधान -   ,,

श्रीमती रम्भा लामा   -   ,,

श्रीमती प्रतिमा घिमिरे  -  ,,

श्रीमती गोमा सुवेदी   -   ,,

श्रीमती अनु पोखरेल   -   ,,

श्रीमतीलक्ष्मी वर्तौला   -   ,,

श्रीमती कामना खनाल  -  ,,

श्रीमती वविता पाल    -  ,,

 

पुजा अर्चना उप-समिति मनोरञ्जन उप-समिति

श्रीमती रज्जु मल्ल ढकाल -संयोजक

श्रीमती कविता अधिकारी   -  सदस्य

श्रीमती सावित्री के.सी     -   ,,

श्रीमती नवोदिता पोखरेल -   ,,

श्रीमती अञ्जु मरठ्ठा      -   ,,

श्रीमती रुपा थापा      -   ,,

श्रीमती एकता बोहरा   -   ,,

 

 

 

श्रीमती मुक्ता प्रसाई  -  संयोजक

श्रीमती भुवन सिंह   -  सदस्य

श्रीमती तला शाही    -   ,,

श्रीमती शुभाञ्जली विष्ट -  ,,

श्रीमती रजनी चन्द    -    ,,

श्रीमती रेवता थापा    -    ,,

श्रीमती मोनी बोहरा   -     ,,

श्रीमती दिपीका खड्का -     ,,

श्रीमती बुनु थापा विष्ट -    ,,

 


         

हाल यस प्रहरी परिवार महिला संघबाट सञ्चालन भई रहेका गतिविधिहरु

  • मिति २०६८।०४।१८ गते यस प्रहरी परिवार महिला संघको साधारण सभामा आर्थिक बर्ष २०६७।०६८ को आय व्यय विवरण पारित गर्दै, आगामी बार्षिक कार्यक्रम तयार गर्नुकासाथै नयाँ कार्यकारीणी समितिका पदाधिकारीहरुको चयन गरी साधारण सभा सम्पन्न भएको ।
  • मिति २०६८।०४।२५ गते यस संघको २७ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रहरी परिवार महिला संघले नेपाल प्रहरी अस्पताल महाराजसंग समन्वय आयोजना गरेको रक्तदान कार्यक्रमको आयोजना गरी कार्य कारीणी समितिका पदाधिकारी ज्यूहरुसमेत ३४ जनाले रक्तदान गरिएको ।
  • मिति २०६८।०४।२९ गते संघको २७ औं बार्षिकोत्सवको उपलक्ष्यमा १८ जना सडक बालबालिकाहरुलाई चित्रकला प्रतियोगिता गराई उत्कृष्ठ हुनेहरुलाई केन्द्रकी अध्यक्ष ज्यू व्दारा पुरस्कार वितरण गरिएको ।
  • मिति २०६८।०४।३१ गते सोही उपलक्ष्यमा काठमाण्डौं स्थित ताहाचल बृद्धाश्रममा २० जना वृद्ध-वृद्धाहरुलाई केन्द्रकी अध्यक्ष ज्यूद्घारा दाल, चामल, तेल, घिउ मसला लगायत खाद्य सामाग्री वितरण गरिएको ।
  • मिति २०६८।०५।४ गते यस संघको २७ औं बार्षिकोत्सवको उपलक्ष्यमा माननिय महिला तथा वालवालिका मन्त्री जयपुरी घर्ति ज्यूव्दारा द्वन्दकालमा वीरगती प्राप्त अमर प्रहरी, घाईते प्रहरी तथा प्रहरी विद्यालयमा अध्ययन गरी SLC मा उच्चतम अंक हासील गर्ने प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ती प्रदान गर्नुकासाथै आर्थिक सहयोग गर्नु हुने विभिन्न महानुभावहरुलाई प्रमाण पत्र वितरण गरी कार्यक्रम सम्पन्न भएको ।         
  • मिति २०६८।०५।१० गते नेपाली महिलाहरुको महान चाड तिजको उपलक्ष्यमा नेपाल पुलिस क्लबमा दर खाने कार्यक्रम आयोजना गरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकासाथै यस संघका पूर्व अध्यक्ष ज्यूहरु लगायत संघका कार्यकारीणी पदाधिकारी तथा साधारण सदस्यहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको ।
  • मिति २०६८।०५।१४ गते हरीतालिका तिजको उपलक्ष्यमा यस प्रहरी परिवार महिला संघ तथा नेपाल प्रहरी अस्पताल महाराजको संयुक्त तत्वावधानमा व्रतालु महिला भक्तजनहरुको लागी पशुपति परिसरमा निःशुल्क खानेपानी वितरणको साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको ।
  • मिति २०६८।०५।२९ गते वाल सारथी एकेडेमी तिलगंगामा अध्ययनरत ९० जना असहाय वाल वालिकाहरु, स्वयेम सेवक समेतलाई संघकी अध्यक्ष ज्यूद्वारा कार्यकारीणी समितिका पदाधिकारीहरुको उपस्थितिमा खानेकुरा वितरण गरिएको ।  
  • मिति २०६८।०६।२९ गते ५६ औं प्रहरी दिवसको अवसरमा संघकी अध्यक्ष ज्यू तथा कार्यकारीणी समितिका पदाधिकारीहरुद्वारा गुहेश्वरी, पशुपतिनाथ र भद्रकालीमा पुजा अर्चना गरएिको ।
  • मिति २०६८।०६।३० गते प्रहरी दिवस २०६८ को उपलक्ष्यमा “अमर प्रहरी २०६८” घोषणा गरिएका ५ जना वीरगती प्राप्त गर्ने प्रहरी कर्मचारीका परिवारहरुलाई यस संघकी अध्यक्ष ज्यूद्वारा आर्थिक राहत वितरण गरिएको ।
  • मिति २०६८।०७।१० गते यस संघको लागी आर्थिक सहयोग वापतको रकम जुटाउने उद्देश्य अनुरुप संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहकार ज्यूसमेतको उपस्थितिमा संघकी अध्यक्ष ज्यू , उपाध्यक्षज्यूहरु तथा संस्थापक अध्यक्ष ज्यूको निवासमा गई भैली कार्यक्रम गरी नगद रु. ४६,२३०।– रकम संकलन गरी संघको खातामा जम्मा गरिएको ।
  • मिति २०६८।०८।०४ गते यस संघ र घरेलु तथा साना उद्योग विकास समितिको संयुक्त तत्वावधानमा वहालवाला प्रहरी कर्मचारीका परिवारहरुलाई आयआर्जनका लागी साबुन बनाउने, मैनबत्ती बनाउने हाते व्यग, झोला बनाउने जस्ता विभिन्न शिपमुलक तालीमको सञ्चालन  गरिएको ।
  • मिति २०६८।०९।०२ गते संघ अध्यक्ष तथा शिक्षा उप–समितिका पदाधिकारी ज्यूहरुले नेपाल प्रहरी उच्च माध्यमिक विद्यालय सांगाको अवलोकन भ्रमण गरी विद्यालयको स्तरोन्नतीको लागी व्यवस्थापन, शिक्षक, विद्यार्थी तथा अविभावक समेतबाट राय सुझाव लिने कार्य भएको र ऐ.१३ गते विद्यालयको आवश्यक सुधार सुझाव प्रतिवेदन तयार गरी शिक्षा उप–समितिकी संयोजक श्रीमती रीता राना ज्यूसमेतका पदाधिकारी ज्यूहरुबाट विद्यालयका संरक्षक तथा श्रीमान् प्रहरी महानिरीक्षक ज्यूमा पेश गरिएको ।
  • मिति २०६८।०९।२६ गते जिल्ला सप्तरी पकरी गा.वि.स.२ मा भिषण आगलागी भई २५ घरधुरीको १३२ जना अग्नी पिडित परिवारको सहयोगको लागी घट्ना स्थलमा कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुको उपस्थितिमा संघकी अध्यक्ष ज्यूद्घारा उनी कम्बल, पकाउने खाने भांडा वर्तनकासाथै लत्ता कपडा समेतका राहत सामाग्री वितरण गरिएको ।
  • मिति २०६८।०९।२९ गते लेखा तथा व्यवस्थापन उप-समितिकी संयोजक श्रीमती अञ्जु गौतम र मनोरञ्जन उप-समितिकी संयोजक श्रीमती मुक्ता प्रसाई ज्यूको संयोजकत्वमा असहाय तथा पिडित वालबालिकाहरुको सहयोगार्थ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा विविध सांस्कृतिक कार्यक्रम संचालन गरी आर्थिक संकलन गरिएको। 
  • मिति २०६८।१०।१६ गते काठमाडौं रानीवारी स्थित वाल आश्रममा रहेका २२ जना असहाय तथा अनाथ वालवालिकाहरुको लागी संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुद्धारा करिव १ महिनाको लागी पुग्ने दाल, चामल, तेल, गेडागुडी, चिनी, चाउचाउ, चिउरा विष्कुट लगायतका खाद्य सामाग्रीहरु वितरण गरिएको।
  • मिति २०६८।१०।१८ गते यस संघ मातहत स्वास्थ्य उप-समिति तथा सामाजिक चेतना उप-समिति र नेपाल प्रहरी अस्पताल महाराजगंजकोसंयुक्त तत्वावधानमा नेपाल प्रहरी माध्यमिक विद्यालय सामाखुसीमा अध्ययनरत ५०० जना छात्रछात्राहरुलाई संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुको उपस्थितीमा जिल्ला जन स्वास्थ्य कार्यालय त्रिपुरेश्वरबाट प्राप्त -औषधी), युनिलिभर नेपाल लिमिटेडको सहयोगमा ५०० थान टुथपेष्ट, ब्रससमेत प्रहरी अस्पतालका डाक्टरहरुद्घारा निःशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी र उक्त टुथपेष्ट, ब्रससमेत वितरण गरिएको ।
  • मिति २०६८।१०।१६ गते यस संघ मातहत सामाजिक चेतना उप-समितिकी संयोजक तथा संघकी उपाध्यक्ष श्रीमती रज्जु मल्ल ढकाल ज्यूद्घारा संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुको उपस्थितीमा लैंगिक हिंसा विरुद्घको चेतना मुलक १ दिवसिय गोष्टीको आयोजना गरी उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुका श्रीमतीहरुलाई जानकारी गर्राईएको ।
  • मिति २०६८।११।०८ गते "महा शिवरात्री २०६८" को पावन अवसरमा संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरु तथा सल्लाहकार ज्यूहरुद्घारा पुशपतिनाथ मन्दीरमा पुजाअर्चना गरी सवालाख बत्ती प्रज्वलज गरीनुका साथै पशुपतिमा दर्शनार्थ पाल्नु भएका भक्तजनहरुलाई कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुको उपस्थितीमा यस संघ तथा नेपाल प्रहरी अस्पतालको संयुक्त तत्वावधानमा निःशुल्क स्वास्थ्य शिविर र खानेपानी समेत वितरण गरिएको ।
  • मिति २०६८।११।१२ गते नेपाल प्रहरी आवाशिय उच्च माध्यमिक विद्यालय सांगाको वाषिर्कोत्सवको उपलध्यमा  कार्यक्रमकी प्रमुख अतिथी संघकी अध्यक्ष संगम शाहज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरु उक्त कार्यक्रमा सरिक भई संघको तर्फाट अध्यापन कार्यको लागी आवश्यक पर्ने मल्टीमिडिया प्रोजेक्टर र कम्प्युटर ल्यावटप १ सेट विद्यालयको लागी हस्तान्तरण गरिएको ।
  • मिति २०६८।११।१५ गते यस संघका  कार्यकारीणी समिति, नेपाल प्रहरी अस्पताल महाराजगंज र जिल्ला जन-स्वास्थ्य कार्यलय धादिङ्गको संयुक्त आयोजनामा धादिङ्ग जिल्लाको धादिङ्गवेशीमा एक दिवसिय स्त्रिरोग सम्बन्धी महिलाहरुको लागी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको, उक्त कार्यक्रममा संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुको उपस्थितीमा नेपाल प्रहरी अस्पताल र जिल्ला जन-स्वास्थ्य कार्यालय धादिङ्गका डाक्टरहरुद्घारा निःशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी समेत वितरण गरिएको ।
  • मिति २०६८।११।१८ गते यस संघको आयोजनामा सामाजिक चेतना उप-समितिकी संयोजक तथा संघकी उपाध्यक्ष श्रीमती रज्जु मल्ल ढकाल ज्यूद्घारा संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरु, सैनिक श्रीमती संघका पदाधिकारी ज्यूहरु र सशस्त्र प्रहरी परिवार महिला संघका कार्यकारीणी ज्यूहरुको उपस्थितीमा लैंगिक हिंसा विरुद्घको चेतना मुलक १ दिवसिय गोष्टीको आयोजना गरी छलफल भई कार्यक्रम सम्पन्न भएको ।
  • मिति २०६८।११।२१ गते "१०२ औं अन्तर्रर्ााट्रय नारी दिवस तथा नारी पुनर्मिलन समारोह २०६८" को उपलक्ष्यमा संघकी अध्यक्ष श्रीमती संगम शाह ज्यूको अध्यक्षता तथा प्रमुख अतिथी माननिय सभासद श्रीमती सपना मल्ल प्रधान ज्यू, महिला तथा वालवालिका मन्त्रालयका सचिवज्यू, प्रहरी महानिरीक्षक ज्यू लगायत प्रहरी वरिष्ठ अधिकृत ज्यूहरु, संघकी पर्ुव अध्यक्ष ज्यूहरु, विभिन्न संघ संस्थाका पदाधिकारी ज्यूहरु, वर्तमान तथा पर्ूव उपाध्यक्ष ज्यूहरु, सल्लाहकार ज्यूहरु लगायत पदाधिकारीज्यूहरुका साथै महिला प्रहरी अधिकृत ज्यूहरुको उपस्थितीमा सामाजिक चेतना उप-समितिकी संयोजक तथा संघकी उपाध्यक्ष श्रीमती रज्जु मल्ल ढकाल ज्यूद्घारा लैंगिक हिंसा विरुद्घको चेतना मुलक कार्यक्रम पस्तुतीका साथै प्रमुख अतिथी माननिय सभासद श्रीमती सपना मल्ल प्रधान ज्यूबाट दृष्टीविहिन सुश्री गितालक्ष्मी सिवाकोटी तथा महिलाहरु मध्ये उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान-पत्र प्रदान, लक्की र्राई प्रतिष्ठानलाई हृवीलचेयर र वैशाखी वितरणका साथै कार्यक्रमको अन्तमा मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रम गरी उक्त कार्यक्रममा सहभागी कार्यकारीणी, कलाकार र सहयोगीहरुलाई अध्यक्ष ज्यूबाट पुरस्कार स्वरुप सल तथा नगद पुरस्कार समेत वितरण गरी भव्यताकासाथ सम्पन्न गरिएको ।
  • मिति २०६८।११।२५ गते काठमाण्डौं शान्तीनगर स्थित निसहाय सेवा सदन वृद्घ नागरिक आश्रममा रहेका ३४ जना महिला तथा ३ जना पुरुष समेत गरी जम्मा ३७ जना असहाय वृद्घवृद्घाहरुको लागी संघकी अध्यक्ष ज्यू लगायत कार्यकारीणी समितिका पदाधिकारीज्यूहरुद्घारा करिव १ महिनाको लागी पुग्ने दाल, चामल, तेल, गेडागुडी, चिनी, आलु,नुन,चियापत्ती,पिठो लगायतका खाद्य सामाग्रीहरुकासाथै धोती,सल तथा गलबन्दी समेत वितरण गरिएको ।
  • मिति २०६८।१२।२७ गते नेपाल प्रहरी अस्पताल महाराजगंजको २७ औं बार्षिकोत्सव कार्यक्रमको उपलक्ष्यमा यस संघको तर्फबाट जम्मा मुल्य रु. ७७,५००। (बरारबको Short Wave Diatheramy (500WT) मेसिन सेट १ खरिद गरी संघकी अध्यक्ष ज्यूबाट उक्त अस्पतालका मेडिकल डाईरेक्टर काशीराम कुंवर ज्यूलाई सोही समारोहमा हस्तान्तरण गरिएको । 
  • मिति २०६९।०१।१७ गते यस संघको हाता भित्र एककोठाको सटर निर्माण कार्य सम्पन्न भई संघका कार्यकारीणी समितिका पदाधिकारीज्यूहरु तथा सल्लाहकार ज्यूहरुको उपस्थितीमा अध्यक्ष ज्यूबाट एकसमारोहवीच केन्द्रीय प्रहरी परिवार महिला संघको विक्री कक्षको विधिवत रुपमा उद्घाटन भई हाल उक्त विक्री कक्षबाट संघका ड्रेसहरु,प्रहरी कर्मचारीहरुका युनिर्फमका सामाग्रीहरु तथा घरायसी प्रयोगका सामानहरु राखी र्सवसाधारण समेतको लागी विक्री वितरण भई रहेको ।
 

क्षेत्रिय प्रहरी परिवार महिला संघहरुबाट हाल सञ्चालन भई रहेका गतिविधिहरु : -


१) मिति २०६८।०२।०४ गते सुदुर पश्चिम क्षेत्रिय प्रहरी परिवार महिला संघ दिपायलको आयोजनामा क्षेत्रिय अध्यक्ष श्रीमती ललिता राई ज्यूको अध्यक्षतामा मैनबत्ती बनाउंने तालिम संचालन गरी उत्पादित मैनबत्तीहरु विक्री वितरण गरी आर्थिक संकलन गरिएको।
२) मिति २०६८।०२।०८ पश्चिम क्षेत्रिय प्रहरी परिवार महिला संघ पोखराको आयोजनामा क्षेत्रिय अध्यक्ष श्रीमती रोशी अर्याल ज्यूको अध्यक्षतामा ३ महिने आधारभुत व्यूटिसियन तथा क्षमता अभिबृद्धी तालिम र ७ दिने उद्घोषण तालिम कार्यक्रममा २८ जना प्रशिक्षार्थिहरुद्धारा भाग लिई तालिम सम्पन्न भएको।
३) मिति २०६८।०४।२३ गते मध्ये क्षेत्रिय प्रहरी परिवार महिला संघको आयोजनामा क्षेत्रिय अध्यक्ष श्रीमती कमला पाण्डे ज्यूद्धारा अमर प्रहरीका सन्ततीहरुलाई छात्रबृत्ती वापत अक्षय कोषमा रु.१,००,०००।- को चेक क्षेत्रिय प्रहरी आवाशिय मा.वि.जिगडियालाई  हस्तान्तरण गरिएको।
४) मिति २०६८।०८।२० गते पुर्व क्षेत्रिय प्रहरी परिवार महिला संघ विराटनगरको आयोजनामा क्षेत्रिय अध्यक्ष श्रीमती करुणा शाह ज्यूद्धारा १० वटा सिलाई मेसिन खरिद गरी ४२ जना प्रशिक्षर्थीहरुलाई ६ महिने सिलाई कटाई तालिम कार्यक्रमको उद्घाटन सम्पन्न भई हाल उक्त तालिम संचालनमा रहेको।
५) मिति २०६८।१०।०२ गते पश्चिम क्षेत्रिय प्रहरी परिवार महिला संघ पोखरा र व्यवशायीक शिप विकास तालिम केन्द्र पोखराको संयुक्त आयोजनामा अमर प्रहरी, पूर्व प्रहरी तथा वहालवाला प्रहरीका परिवारहरुलाई आय मुलक ६ महिने सिलाई कटाई तालिमको तालिम केन्द्रका प्रमुख गोकर्ण बन्जाडे ज्यूबाट उद्घाटन भई हाल उक्त तालिम संचालनमा रहेको।

६) मिति २०६८।१०।२० गते सुदुर पश्चिम क्षेत्रिय प्रहरी परिवार महिला संघ दिपायलको आयोजनामा क्षेत्रिय अध्यक्ष श्रीमती नीता शाही ज्यूको अध्यक्षतामा २४ जना प्रहरी कर्मचारीका श्रीमतीहरुलाई ७ दिने सिन्के धुप, च्याउ खेती, मह प्रशोधन, अचार बनाउंने तालिम कार्यक्रमको उद्घाटन सम्पन्न भएको ।


0000002405-1 0000002405-20000002405-3 0000002405-4






001 002 003 004
005 006 007 008
p1 p2 p3 p4
p5 p6 p7