|
काठमाडौँ, माघ २२ गते काठमाडौँ : लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई नयाँ बानेश्वरबाट खटिएको अप्रेशन समूहले ५ क्वीन्टल चरेश, ७ हजार ८ सय ४६ थान नियन्त्रीत लागू औषध सहित ९ जनालाई पक्राउ गरी आज आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । काठमाडौँ बाडभञ्ज्याङ्ग–५ भ्mयाप्ले खोलाबाट माघ १६ गते मकवानपुर जिल्ला नामटार–६ बस्ने ३० बर्षीय राजकुमार रुम्बा, २७ बर्षीय दिनेश कुमार रुम्वा, ३४ बर्षीय हिरालाल नेगी र ३० बर्षीय बिशाल रुम्बालाई ५ सय के.जी. चरेश सहित पक्राउ गरेको थियो । प्रहरीले माघ १६ गते ना.४ ख ६१३४ नम्वरको बसको कन्टेक्टर भनी बताउने २४ बर्षीय राम प्रबेश यादवलाई उक्त बसको डिकीमा लुकाई ल्याएको नियन्त्रीत लागू औषध बुप्रिनर्फिन २ हजार पिस र डाईजापम १ हजार ८ सय एम्पुल सहित हल्चोकबाट पक्राउ गरेको थियो । सोही इकाईबाट खटिएको प्रहरीले माघ २० गते ना.३ ख ६३०५ नम्वरको पेट्रोल बोक्ने ट्याङकरका चालक मकवानपुर जिल्ला नामटार–५ घर बताउने २६ बर्षीय आईत सिंह थिङ्गलाई काठमाडौँ तिनकुनेबाट नियन्त्रीत लागू औषध बुप्रिनर्फिन २ हजार पिस र डाईजेपाम २ हजार पिस सहित तथा माघ १९ गते अर्धाखाँची जिल्ला पाली–२ घर भई काठमाडौँ कपुरधारामा औषधी पसल गरी बस्ने २७ बर्षीय मदन प्रसाद भट्टराई, धापासी–५ बस्ने २१ बर्षीय पुष्पलाल श्रेष्ठ र २८ बर्षीय निरज थापालाई बुप्रिनर्फिन २२ र डाईजेपाम २४ थान सहित पक्राउ गरेको थियो । काठमाडौँ : महोत्तरी जिल्ला औरही–२ घर भएका ४० बर्षीय चन्द्र शेखर आलेलाई प्रहरीले लागू औषध गाँजा साढे १० के.जी. सहित पक्राउ गरेको छ । बाडभञ्ज्याङ–६ नागढुंगामा माघ २१ गते १६:३० बजे ना.२ ख ५८९ नम्वरको यात्रु बाहक बसलाई प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोलाबाट उक्त गाँजा बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
|