Truth, Service, Security
Nepal Police
नेपाल प्रहरी

Truth, Service, Security

प्रहरी कार्यालयहरु

तपाईको नजिकमा रहेको प्रहरी कार्यालयहरु खोज्नुहोस : तपाईको नजिकको प्रहरी कार्यालय हेर्नका लागि तल दिईएको लिस्टवाट जिल्ला छान्नुहोस।

ecomplaint
dead_bodies
lost_vehicles

जनमत

check_email

Online Users

हामीसँग 133 जना अतिथिहरु अनलाइन हुनुहुन्छ
Aasara Drug Rehabilitation Center

परिचय:

aasara_new

वि.सं. २०५४ साल असारमा काठमाडौं उपत्यका भित्र विभिन्न प्रकारका अपराधिक गतिविधि बढ्दै गएको कारण नेपाल प्रहरीले त्यस्ता प्रकारका क्रियाकलापमा सम्बद्ध २७२ जना यूवाहरूलाई पक्राउ गरी छानविन गर्दा १११ जना यूवाहरू लागू औषध दुर्व्यसनमा फसेको पाइयो। उक्त दुर्व्यसनमा फसेका समुहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीको पहल कदमीमा २०५४ साल आषाढ १ गते "लागू औषध दुर्व्यसनी सुधार शिविर" स्थापना भएको थियो। विभिन्न बाधा र अड्चनको वावजुद पनि नेपाल प्रहरीले उक्त समुहलाई ३ महिनासम्म निःशुल्क उपचार गरेको थियो। संधै नेपाल प्रहरीबाट उक्त शिविर संचालन गर्न मुश्किल पर्ने भएबाट यस शिविरलाई २०५४ साल आश्विन १ गतेदेखि केन्द्रिय प्रहरी परिवार महिला संघलाई हस्तान्तरण भई उक्त संघद्वारा संचालन हुंदै आएको थियो। उक्त शिविरको नाममा केही परिवर्तन गरी "आसरा सुधार केन्द्र" नामक एक मुनाफा रहित गैह्र सरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई २०५७ माघ ३ गते देखि समाज कल्याण परिषदमा समेत आवद्ध भई सेवा प्रदान गर्दै आएको छ।

उद्देश्य:

  • दुर्व्यसनीहरूमा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने।
  • लागू पदार्थको कूप्रभाव बारे जनजागरण कार्यक्रम संचालन गरी दुर्व्यसनीको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने।
  • दूर्व्यसनको कारणबाट हुने अपराधिक क्रियाकलापमा कमि ल्याई लागू औषधको ओसार पसार, सेवन र नियन्त्रण कार्यमा सहयोग गर्ने।
  • दुर्व्यसनीहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने।
  • सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने।
  • लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने।


भर्ना प्रकृयाः

  • यस केन्द्रमा हाल ८० जनासम्मलाई उपचार गर्न सक्ने क्षमता रहेको छ।
  • केन्द्रमा रिक्त स्थान भएमा प्रतिक्षा सूचि अनुसार भर्ना लिइने छ।
  • भर्ना लिनुभन्दा अगाडि परामर्श दाताले व्यक्ति र परिवारसंग परामर्श लिए पछि मात्र केन्द्रको नियम अनुसार भर्ना लिइने छ।
  • दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुने समय दुर्व्यसनीहरूको शारीरिक, मानसिक र परिवारिक आदि अवस्थामा भरपर्ने हुँदा केन्द्रले प्रारम्भिक सुधारको लागी ६ महिनाको समय तोकेको छ। त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ६ महिनासम्म बस्ने र राख्ने इच्छा हुनु आवश्यक हुन्छ।
  • कुनै प्रकारका सरुवा रोग भएकालाई भर्ना लिइने छैन।

 

सम्पर्क नम्बर:-  ०१-४३८४८८१


वर्तमान शुल्क विवरण:

आवास, खाना र अध्ययन वापत (३ महिनाको लागि) जम्मा रु. ३०,०००/-
सामान्य औषधी उपचारको लागि रु.  २,४५०/-
मर्मत तथा सुधारको लागि रु. ५००/-
पोशाक/फुटकर रु. ४,०५०/-
तीन महिनाको कुल जम्मा खर्च

_____________
रु. ३७,०००/-

३ महिना पछि मासिक शुल्क रु.  १०,०००/-

 

माथी दिईएको शुल्क विवरण २०६७ साल बैशाख १ गते देखि लागु गरिएको छ।

 

उपचार पद्धति:

आफ्नो कर्तव्यपथबाट विमुख भई लागू पदार्थ जस्तो प्राणघातक नशामा लागेका समाजका महत्वपूर्ण शक्तिको रूपमा रहेका युवाहरूलाई पुनर्जीवन प्रदान गर्न केन्द्रमा 'Holistic Approach' पद्धत्ति अपनाइएको छ। यस केन्द्रमा उपचाररत सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखि उपचारको लागि मेडिकल युनिटको ब्यबस्था गरिएको छ। यस केन्द्रको मेडिकल युनिटबाट हुन नसक्ने उपचारको लागि अभिभावकलाई बोलाई बाहिर पठाउने गरीन्छ।

क) शारीरिक स्वस्थता प्रदान गर्नको लागि

  • शारीरिक उत्पिडन कम गर्न "कोल्ड टर्की" (चिसो ग्लुकोज पानी, कागती पानी प्रशस्त मात्रामा खुवाउने, चीसो पानीमा नुहाउने) विधि अपनाइएको छ।
  • शारीरिक र मानसिक सन्तुलन ल्याउन योगाभ्यास गराइन्छ।
  • आवश्यकता अनुसार पौष्टिक आहार खुवाईन्छ।
  • विभिन्न खेलकुदका कार्यक्रमहरु गराईन्छ।
  • शारीरिक व्यायाम गराईन्छ।

(ख) भावनात्मक परिवर्तन ल्याउनको लागि

लागू औषध दुव्यर्सनी हुनुमा शारीरिक भन्दा मनोवैज्ञानिक (Psychological) निर्भरता बढी भएको पाइएको छ। यस्तो निर्भरता हटाउनको लागि भावनात्मक र व्यवहारिक परिवर्तन गर्न अत्यन्त आवश्यक हुने हुँदा पुर्नस्थापना गर्ने कार्यको यो एउटा अत्यावश्यक पक्ष हो।

भावनात्मक परिवर्तन ल्याउन व्यक्तिगत परामर्श, सामूहिक परामर्श, नैतिक शिक्षाका कक्षाहरु Eclectic Counselling/therapy छलफल तथा प्रश्नोत्तर, इन्भेन्ट्रि लेखन, भूमिका निर्वाह (Role Play) को वारेमा  प्रयोगात्मक कक्षाहरू संचालन गराइन्छ।

(ग) पारिवारिक र सामाजिक समन्वयको लागि

सबैलाई थाहा भएकै कुरा हो कि लागू पदार्थको दुर्व्यसनमा फसे पछि त्यस व्यक्ति र परिवार बीचको सम्बन्ध विग्रिएको हुन्छ। त्यस्तै गरी समाजमा पनि त्यसको समन्वय राम्रो हुन सकेको हुदैन। जसले गर्दा व्यक्तिमा आत्म सम्मान हटेर गएको हुन्छ र सामाजिक समायोजनमा कमी हुन्छ। त्यसको लागि केन्द्रबाट निम्न क्रियाकलापहरू गरिन्छ।

  • पारिवारिक परामर्श
  • प्रत्येक हप्ताको आईतबार पारिवारिक भेटघाट
  • सामाजिक कार्यक्रममा सहभागी
  • प्रत्येक महिनाको पहिलो आइतवार पारिवारीक परामर्श तथा अन्तरक्रिया।
  • परिवार तथा समाजमा पुनर्स्थापनाको लागि भर्ना भएको १ महिना पश्चात प्रत्येक आइतबार
  • परिवार भेटघाट र ३ महिना पश्चात घरमा (Outing) जाने आउने व्यवस्था।
  • तीन महिना पुगिसकेका व्यक्तिहरूलाई पारिवारिक सु-सम्बन्ध र सामाजिक समन्वयको लागि परिवार बोलाई १ दिनदेखि व्यक्तिको आवश्यकता अनुसार (Outing) घर पठाइन्छ।

 

(घ) स्वावलम्बी र आत्म संयमी बनाउनको लागि

  • क्रियात्मक उपचार (वर्क थेरापी)
  • सीपमूलक प्रशिक्षण र तालिम
  • आपसी छलफल
  • व्यक्तिगत परामर्श
  • मनोवैज्ञानिक परामर्श
  • कम्प्यूटर तालिम

 

(ङ) आध्यात्मिक परिवर्तन ल्याउनको लागि

आध्यात्मिक परिवर्तन ल्याउन आध्यात्मिक प्रवचन, योग शिक्षा, राजयोगको प्रवचन, जीवन जीउने कला (The Art of Living), शान्तिको सन्देशका कक्षाहरू संचालनका साथै ध्यान तथा दर्शनको लागि केन्द्रको परिसरमा मन्दिर स्थापना गरिएको छ।

 

बार्षिक प्रतिवेदन २०६८ »