प्रहरी कार्यालयहरु
| तपाईको नजिकमा रहेको प्रहरी कार्यालयहरु खोज्नुहोस : तपाईको नजिकको प्रहरी कार्यालय हेर्नका लागि तल दिईएको लिस्टवाट जिल्ला छान्नुहोस। |
जनमत
Online Users
हामीसँग 217 जना अतिथिहरु अनलाइन हुनुहुन्छ
JPAGE_CURRENT_OF_TOTAL
पृष्टभुमी
पर्यटक प्रहरी शाखा, उप–शाखा तथा पोष्टहरु रहेका स्थान
पर्यटक प्रहरी शाखा भृकुटीमण्डप, काठमाण्डौ :
भृकुटीमण्डप प्रदर्शनी मार्ग नेपाल पर्यटन बोर्डको भवनमा अवस्थित रहेको छ । यसका उप–शाखा तथा पोष्टहरु देहायका स्थानहरुमा रहेका छन ।
फोन न :- ०१-४२४७०४१, फ्याक्स न :- ०१-४२२७२८१
e-mail:
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
पर्यटक प्रहरी पोष्ट बसन्तपुर :-
बसन्तपुर दरवार स्क्वायर क्षेत्रको हनुमान ढोका दरवार क्षेत्र सरक्षण कार्यत्रम महानगरपालिकाको कार्यालयसगै रहेको ।
फोन न :- ०१-४२६८९६९
पर्यटक प्रहरी पोष्ट एयरपोर्ट :-
अन्तर्राष्टि्य एयरपोर्टको ARIVAL द्धारको भित्र रहेको नेपाल पर्यटन बोर्डको सोधपुछ शाखा सगै पर्यटक प्रहरी पोष्ट रहेको ।
फोन न :- ०१-२०६१०११,
पर्यटक प्रहरी पोष्ट ठमेल :-
पर्यटकहरुको व्यस्त मानिने शहर ठमेल स्थित बैशाली होटल नजिक नेपाल पर्यटन विकाश परिषद्को भवनमा रहेको ।
फोन न :- ०१-४७००७५०,
पर्यटक प्रहरी पोष्ट पशुपति :-
विश्वको सम्पदा सूचीमा रहेको नेपालको पशुपतीनाथको आर्यघाट सामुन्ने अगाडी रहेको ।
फोन न :- ०१-४४७८१२६
पर्यटक प्रहरी उप-शाखा बेलहिया रुपन्देही :-
पर्यटक प्रहरी उप-शाखा बेलहिया रुपन्देही नेपाल भारत सिमानासँगै ईलाका प्रहरी कार्यालय बेलिहया रुपन्देहीको सामुन्ने नेपाल पर्यटन बोर्ड तथा पर्यटन कार्यालयसँगै रहेको ।
फोन न :- ०७१-५२०१९७, फ्याक्स न :- ०७१-५२०१९७
e-mail:
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
पर्यटक प्रहरी उप-शाखा पोखरा, कास्की :-
प्राकृतिक सुन्दरताको शहर एव पर्यटकहरुको मनोरन्जनको प्रमुख स्थल गन्तव्यको रुपमा रहेको सुन्दर नगरी पोखरा ड्याम साईड नेपाल पर्यटन बोर्डको भवनमा रहेको ।
फोन न :- ०६१-४६२७६१, फ्याक्स न :- ०६१-४६५२९२
e-mail:
यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
पर्यटक प्रहरी बिस्तार तथा ईकाईहरु :-
नेपाल पर्यटन बोर्ड निर्माण अघि पर्यटक प्रहरी अध्यागमन कार्यालयसँगै रहि कार्य गर्दै आएकोमा मिति २०५५ श्रावण पश्चात पर्यटन बोर्ड भवनसँगै पर्यटन उद्योग महाशाखाको एक शाखाको रुपमा साना २ कोठामा पर्यटक प्रहरीको केन्दि्य कार्यालय रही कार्य गर्दै आएकोमा नेपाल पर्यटन बोर्डको सहयोगमा मिति २०६५।६।१० गतेबाट २ कोठामा सिमित पर्यटक प्रहरीको कार्यालय बिस्तार गरिएको ।
पर्यटक प्रहरी पोष्ट बसन्तपुर :-
बसन्तपुर दरबार क्षेत्रमा पर्यटकहरुलाई पर्न सक्ने पिर, मर्का, हैरानीको रोकथाम तथा नियन्त्रण हेतु वि सं २०५९ सालमा पर्यटक प्रहरी पोष्ट बसन्तपुर स्थापना भई काठमाण्डौ नगरपालिकासंग समन्वय सेवा प्रदान हुंदै आईरहेको ।
पर्यटक प्रहरी पोष्ट एयरपोर्ट :-
अन्तर्राष्टि्य बिमानस्थलमा पर्यटकहरुलाई आवागमनको समयमा परेका समस्याहरु हल गर्ने उद्धेश्य अनुरुप स्थापना भएको पर्यटक प्रहरी पोष्ट एयरपोर्ट आवागमन कक्ष भित्र रहेको नेपाल पर्यटन बोर्डको काउण्टरबाट सेवा प्रदान गर्दै आईरहेको ।
पर्यटक प्रहरी पोष्ट ठमेल :-
पर्यटक केन्द्र ठमेलमा पनि पर्यटकहरुलाई पिर, मर्का, हैरानी हुन सक्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापना गरी ठमेल स्थित होटल बैशाली नजिक पर्यटन विकाश परिषद्सँग सयुक्त रुपमा रहि आएको छ ।
पर्यटक प्रहरी पोष्ट पशुपति :-
विभिन्न मूलुकबाट पशुपति आवागमन गर्ने पर्यटकहरु उपर बढ्दो हैरानी एव अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्य अनुरुप पशुपतिमा मिति २०६४।०६।११ गते पर्यटक प्रहरी पोष्ट स्थापना भएको ।
पर्यटक प्रहरी उप-शाखा बेलहिया रुपन्देही :-
भ्रमणको शिलशिलामा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुको मुख्य प्रवेश स्थलको रुपमा रहेको रुपन्देही जिल्लाको बेलहिया सुनौली नाका र भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी क्षेत्रमा समेत पर्यटकहरुलाई हुन सक्ने दुख, पिर मर्का, हैरानी नियन्त्रण गरी सुरिक्षत गन्तव्य स्थलको रुपमा परिचित गराउने उद्धेश्य साथ रुपन्देही जिल्लाको बेलहिया, सुनौली नाकामा पर्यटक प्रहरी आवश्यक महशुस गरी तत्कालीन सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रीज्यूबाट मिति २०६३।८।५ गते पर्यटक प्रहरी उप–शाखा स्वीकृत भई त्यस उप–शाखालाई आवश्यक पर्ने प्रहरी जनशक्ती प्रहरी सहायक निरीक्षकको कमाण्डमा पर्यटक प्रहरी कर्मचारीहरुको कमीको कारण काज खटाई पर्यटक प्रहरीको रुपमा कार्यरत रहेको ।
पर्यटक प्रहरी उप-शाखा पोखरा, कास्की :-
प्राकृतिक सुन्दरताको शहरको रुपमा बिश्वमा नै परिचित नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको सुन्दर नगरी पोखरा आवागमन गर्ने पर्यटकहरु उपर बढ्दो हैरानी एव अपराधिक गतिविधि नियन्त्रणका लागि पर्यटक प्रहरी उप-शाखा मिति २०६३।९।१४ गते स्थापना भई हाल प्र.ना.नि.को कमाण्डमा कार्यरत रहेको ।
|





