Truth, Service, Security
Nepal Police
नेपाल प्रहरी

Truth, Service, Security

Police Station

Locate the police Station nearest to you : Select a District from the list to view the police station you are looking for.

personnel_facilities
dead_bodies
lost_vehicles

downloads

Public Poll

हत्या, डकैती, अपहरण जस्ता जघन्य अपराधमा साना हतियार (Small Firearms) प्रयोगको वाहुल्यतालाई के को उपज मान्नु हुन्छ ?
 
check_email

Online Users

We have 26 guests online

News Headlines

News Releases
डेमोक्रेटिक पुलिसिङ एण्ड ह्युमन राइट्स तालिम समापन

काठमाडौँ, भदौ २५ गते
     राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित डेमोक्रेटिक पुलिसिङ एण्ड ह्युमन राइट्स विषयक तालिम प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीको प्रमुख आतिथ्यमा आज सोही प्रतिष्ठानमा आयोजित एक समारोहबीच समापन भएको छ ।
     उक्त अवसरमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र नेपालका लागि अमेरिकी महामहिम  राजदूत स्कोट एच. डेलिसीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
     समारोहमा प्रहरी महानिरीक्षक ठकुरीले नेपाल प्रहरी मानव अधिकारको संरक्षणमा सदैव सचेत रहेको उल्लेख गर्नुहुँदै प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा मानव अधिकारको संरक्षणमा विशेष ध्यान दिन र कार्यक्षेत्रमा आइपर्ने समस्या  समाधानका लागि तालिम उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।
     उक्त अवसरमा प्रहरी महानिरीक्षक ठकुरीलाई नेपालका लागि अमेरिकी राजदूत स्कोट एच. डेलिसीले तालिमका लागि सहयोगी सामानहरु जेनेरेटर ५ थान, ल्यापटप ५ थान र तिनका पार्टपूर्जाहरु हस्तान्तरण गर्नुभयो भने प्रहरी महानिरीक्षक ठकुरीले राजदूत डेलिसीलाई नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।
     समारोहमा महामहिम राजदूत डेलिसीले तालिममा प्रशिक्षार्थीहरुलाई मानवअधिकारको संरक्षणका लागि चाल्नुपर्ने कदमकाबारेमा जानकारी गराइएको उल्लेख गर्नुहुँदै अमेरिकी राजदूतावासकोतर्फबाट आगामी दिनमा समेत नेपाल प्रहरीलाई सहयोग प्रदान गरिने बताउनुभयो ।
     सो प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाले समारोहमा धन्यबाद ज्ञापन गर्नुभएको थियो भने प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाहले स्वागत मन्तव्य तथा तालिमका बारेमा प्रकाश पार्नुभएको थियो । साथै प्रहरी निरीक्षक विश्व अधिकारीले प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।
     भदौ १४ गतेबाट संचालित उक्त तालिममा प्रहरी नायव उपरीक्षक १० जना र प्रहरी निरीक्षक ९ जना गरी जम्मा १९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

 
हातहतियारसहित एकजना प्रहरीद्वारा पक्राउ

भक्तपुर, भदौ २५ गते
     कटुजे–१ स्थित अरनिको राजमार्गको हनुमन्तेपुल नजिक सल्लाघारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा काठमाडौँ छाउनी बस्ने रामेछाप जिल्ला सैवु–७ घर भएका २५ वर्षीय सुमन भुजेल हतियारसहित पक्राउ परेका छन् । आज बिहान ९ बजे उक्त चेकजाँचकोक्रममा बा.३७ प ४२३४ नम्बरको कालो पल्सर मोटरसाइकल रोक्न खोज्दा चालकले मोटरसाइकल छोडेर भागेपछि पछाडि सवार निज भुजेलको साथबाट पेस्तोलको गोली ६ राउन्ड, म्याग्जिन १ थान र मोवाईल २ थान बरामद भएको थियो । साथै तत्काल निजको बयानअनुसार सोही ठाउँस्थित धानखेतमा खोजतलास गर्दा म्याग्जिन सहित ४ राउण्ड लोड भएको मेड इन इटाली लेखेको पेस्तोल १ थान बरामद भएको थियो ।
     यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 
प्रहरी चौकी तोडफोड गरी थुनुवा लैजाने १३ जना प्रहरीद्वारा पक्राउ

रामेछाप, भदौ २५ गते
     सोलेघाट प्रहरी चौकी घेरा हालेर चौकीको ढोका फुटाई थुनामा रहेका ३ जनालाई भगाउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो चौकीनजिक रहेको राजु लागाको होटलमा झै–झगडा हुँदा प्रहरीले ३ जनालाई पक्राउ गरिएकोमा भदौ २४ गते राति ८ बजे करीव ६० जनाको संख्यामा आएका स्थानियबासीले घेरा हालेर लिई गएकोमा प्रहरीले हवाई फायर गरी उनीहरुलाई पक्राउ गरेको थियो ।
     यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 
कुटपिट गर्ने दुईजना प्रहरीद्वारा पक्राउ

काठमाडौँ, भदौ २५ गते
     काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने धादिङ जिल्ला जिवनपुर गाबिस–३ घर भएका २७ वर्षीय  बिनोद कार्कीलाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भदौ २४ गते राति सवा १० बजे मोतिहारी भारत घर भएका १८ वर्षीय मनोहर कुमार र ३० वर्षीय ललन सिंहले रडले कुटपिट गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारको लागि जनमैत्री अस्पतालमा लगिएको छ ।
     यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 
<< Start < Prev 1 2 3 4 Next > End >>

Page 1 of 4