| विवरण |
फोटो |
|
मिति २०६९-१०-०४ गते दिउँसो अं. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १६ माछापोखरी स्थित आस्था मोक्तान गेष्टहाउसको कोठा नं. २०३ मा हाल सम्म नाम, थर वतन नखुलेको भारतिय मुलको जस्तो देखिने पुरुष व्यक्ति कोठाभित्र मृत अवस्थामा फेला परेको साथै हालसम्म मृतको सनाखत हुन नसकि लास फरेन्सिक मेडिसिन विभाग शिक्षण अस्पताल महाराजगन्जको लास घरमा रहेको हुदा, निम्न हुलिया भएको ब्यक्तिको सम्बन्धमा कहिँ कतैबाट खुल्न आएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध ।
उमेर :- अ.बर्ष ४० \ ४५ देखिने
हुलिया :-वर्ण हल्का कालो, मोटो शरिर, उचाई ५ फिट ६ ईन्च, उमेर अं. ४०\४५, खैरो कलरको लेदरको ज्याकेट, कालो धर्के कपडाको पाईन्ट, कालो छालाको जुत्ता लगाएको भारतिय मुलको जस्तो देखिने पुरुष व्यक्ति
|
 |
| मिति २०६७।१०।२७ गते साझ अ.१६:०० बजेको समयमा जिल्ला रौतहट गा.बि.स. महमदपुर वार्ड नं. ६ स्थित निम्न हुलिया भएका पुरुष व्यक्तिको घाटीमा धारिलो हतियारले काटी टाउकाको भाग नभएको अवस्थामा लास फेला परेको, लासको हाल सम्म सनाखत हुन नसकेको हुँदा, निम्न हुलिया भएको ब्यक्तिको सम्बन्धमा कहिँ कतैबाट खुल्न आएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध ।
उमेर :- अ.बर्ष २० देखी ३० बर्ष सम्म
हुलिया :- कालो रंगको ज्याकेट, हरियो फिका रंगको सर्ट, सुन्तला रंगको सेन्डो गंजी, खरानी रंगको फुलपाईन्ट, कलेजी रंगको कटु लगाएको, पातलो शरीर, गोरो बर्ण, दाहिने हातमा रातो रंगको धागो बाधेको, लास हेर्दा मधेशी मुलको जस्तो देखिने, लास नजिक कालो रंगको प्लाष्टीकको ६ नं. हाती छाप चप्पल १ जोर फेला परेको, मृतकले लगाएको पाईन्टमा अंग्रेजी अक्षरमा ग्लेमर टेलर्स बीरगंज लेखिएको स्टीकरण टास गरी सिलाएको
|
फोटो उपलब्ध नभएको |
|
|
|
मिति २०६८-१-४ गते को राती अं. २०:०० बजेको समयमा जिल्ला ललितपुर ल.उ.म.न.पा. वडा नं.१७ ग्वार्को चोक नजिक रिङ्गरोडमा ना. ४ ख. २२०४ नं. को ट्रकले हाल सम्म नाम थर वतन खुल्न नआएको अं. बर्ष २६/२७ को पुरूष व्यक्तिलाई ठक्कर दिई घाईते भई औषधी उपचारको क्रममा बि. एण्ड बि. अस्पताल ललितपुरमा लगेकोमा मृत्यु भएको ।
हुलिया : खैरो बक्स वाला हाप पाईन्ट, कालो कपडाको वेल्ट, निलो टि-सर्ट, रातो गन्जी भएको कपडा कपालमा हल्का रातो लगाएको उचाई अं. ५ फिट ३ ईन्च भएको पुरूष व्यक्ति
|
 |
|
|
|
मिति २०६७-१२-१३ गते १८:१० बजेको जिल्ला रूपन्देही बुटवल नगरपालीका वडा न.-११ मिलनचोक स्थित सिद्धार्थराजमार्ग सडकमा यात्री लिएर भैरहवाबाट बुटवल तर्फ आउदै गरेको लु.१ ख ३६६६ नं को बसको निम्न हुलिया भएको पुरूष मानिसको थप उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हुदा, मृतक लाश सनाखत समेतकालागि लुम्बिनी अंचल अस्पतालको फ्रिजमा राखिएकोछ।
वर्ण कल्साउरो, घाटीमा सेतो दाना भएको माला लगाएको, कपाल बाक्लो लामो (मधेसी मुलको जस्तो),बाया हातको साहीली औलामा पहेलो पत्थर भएको औठी लगाएको, सेतो सर्ट लगाएको
उचाई: अन्दाजी ५ फिट ४ इन्च
हुलिया: वर्ण कल्साउरो, घाटीमा सेतो दाना भएको माला लगाएको, कपाल बाक्लो लामो (मधेसी मुलको जस्तो),बाया हातको साहीली औलामा पहेलो पत्थर भएको औठी लगाएको, सेतो सर्ट लगाएकोउचाई: अन्दागी ५ फिट ४ इन्च
|
 |
|
|
|
|
|