नेपाल प्रहरी श्रीमती संघ
१. अध्यक्ष - श्रीमती प्रमीला खनाल
३. प्रशासन सचिव - श्रीमती गोमा जिटि
४. कार्यक्रम सचिव - श्रीमती वविता पाल
५. कोषाध्यक्ष - श्रीमती विपना रेग्मी
६. सह कोषाध्यक्ष -
७. सह सचिव प्रशासन - श्रीमती सुमित्रा रंजितकार
८. सह सचिव कार्यक्रम - श्रीमती अजिता लोहनी पन्त
९. - श्रीमती पाचाै चाैधरी
१०. - श्रीमती गाजु गुरुङ
११. - श्रीमती अनुश्री पाख्रीन
१२. - श्रीमती सिता ज्ञवाली
१३. - श्रीमती पुजा खत्री
परिचय
''सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनित कार्यको लागि संगठित गर्न, राष्ट्रमा समय–समयमा आईपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते यस नेपाल प्रहरी श्रीमती संघ (Nepal Police Wives Association) नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाण्डौंमा रहेको छ । संघले स्थापना काल देखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर समग्र महिलाहरुको सीप विकास, आय आर्जन, क्षमता अभिवृद्धि, विभिन्न विषयहरुमा सचेतनाको लागि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । साथै अमर प्रहरी, घाईते, दीर्घ रोगी आदिका सन्ततीहरुलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहिन वृद्ध, वृद्धाहरुलाई राहत सहयोग तथा स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आईरहेको छ । तल उल्लेखित उदेश्यहरु प्राप्तीको लागि संघ प्रतिवद्ध रहेको छ ।
उद्देश्य
- अमर प्रहरी, घाईते, दीर्घ रोगी प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने ।
- वहालवाला, सेवा निबृत्त, घाईते, अमर प्रहरी कर्मचारीहरुका परिवार तथा एकल महिलाहरुको बृत्तिविकास एवं आय आर्जनको लागि सिप तथा रोजगार मुलक तालिमहरुका साथै समसामयिक चेतनामूलक कार्यक्रम समेत संचालन गर्ने ।
- प्रहरी कर्मचारीका परिवारलाई स्त्रीरोग लगायत अन्य विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श, परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
- समाज सेवाका विविध क्षेत्रमा मानविय सेवाका विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
- घरबारबिहीन वृद्ध–वृद्धाहरुलाई सहयोग उपलव्ध गराउने ।
- बाढी पहिरो, भुकम्प, आगलागी जस्ता दैवि प्रकोप पीडितहरुलाई आर्थिक सहयोग तथा राहत सामाग्री प्रदान गर्ने ।
- दुर्ब्यसनीमा फसेका युवाहरुलाई कुलतबाट हटाई सुमार्गमा ल्याउनका लागि सुधार गृह सञ्चालन गर्ने ।
- प्रहरी कर्मचारीका बालबालिकाहरुलाई हेरचाह तथा शैक्षिक विकासको लागि दिवा शिशु स्याहार केन्द्रको संचालन गर्ने ।
भावी योजना तथा कार्यक्रमहरु
- संस्थाको उद्देश्यहरुको प्राप्ती तथा मुर्तरुप दिनको लागि पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीको बाँडफाँड गरी विषयगत रुपमा सबैलाई क्रियाशील गराउने र बिचबिचमा आ–आफ्नो उप–समितिहरुको प्रगति विवरण वुझाउनु पर्ने परम्पराको थालनी गर्ने ।
- संघद्वारा संचालित दिवा शिशु स्याहार केन्द्रको आवश्यकता अनुसार विस्तार गर्दै जाने ।
- संघको राहत कोषको अभिवृद्धिको लागि आर्थिक सहायता जुटाउन काठमाण्डौ लगायत पाँचै क्षेत्रहरुमा विभिन्न charity program हरु संचालन गर्ने ।
- विगतका बाँकी रहेका बिभिन्न कार्यहरुलाई निरन्तरता दिई पुरा गर्ने ।
नेपाल प्रहरी श्रीमती संघ विशुद्ध सामाजिक र मुनाफा रहित संस्था भएको कारण उद्देश्य अनुरुपका लोक कल्याणकारी कार्यक्रम तथा क्रियाकलाप संचालनको लागि साधन, श्रोतको आवश्यकता सर्वविदितै छ । जसको व्यवस्था संघ आफैले गर्न सक्दैन । यस्तो अवस्थामा सबै क्षेत्र, संघ-संस्था वा व्यक्तिहरुबाट सक्दो योगदानको अपेक्षा राख्दछ । साथै संघलाई प्रभावकारी र उर्जाका साथ अगाडी बढाउनको लागि आफ्ना सुझाव र सल्लाहहरु संघको केन्द्रीय कार्यालय, भृकुटीमण्डप स्थित कार्यालयमा स्थापित सुझाव पेटिकामा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।


https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdaac02a0f58
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdaac0279e42
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdd260622ea3
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdc01abf4e7d
मिति २०७६/०५/०७ गते शनिवार यस संघका पदाधिकारीज्यूद्धारा पुलिस क्लवमा आयोजित तिज कार्यक्रमका केही झलकहरु ।
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId408f36e6be
मिति २०७६/०५/१६ गते सोमबार यस संघका पदाधिकारीज्यूद्धारा पशुपतिमा आयोजित निशुल्क खानेपानी र स्वास्थ्य शिविर कार्यक्रमका केही झलकहरु ।
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId10accd4564
मिति २०७६/०५/२९ गते आईतवार यस संघकी अध्यक्षज्यूद्धारा महिला आसरा सुधार केन्द्र तिलगंगाको समुदघाटन कार्यक्रमको केही झलकहरु
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIddb04c1baf6
मिति २०७६।०५।०४ गते संघको ३५ औ वार्षिकोत्सव कार्यक्रमको केही झलकहरु ।
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdff9e07c568
यस केन्द्रद्धारा संचालित दिवा शिशु स्याहार केन्द्र, रामशाहपथको ७ औं वार्षिकोत्सव कार्यक्रमको केही झलकहरु ।
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId586c5e7566
संघको ३५ औं साधारण सभाको केही झलकहरु ।
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId100f1c2d52
मिति २०७६/०३/१४ गते शनिवार टोखा नगरपालीका वडा नं २ स्थित यस संघ र प्रहरी अस्पतालको संयुक्त तत्वावधानमा संचालित Pap- Smear Test तथा जनचेतना कार्यक्रमको केही झलकहरु
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId28fb1143d7
मिति २०७६/०२/१२ देखी २०७६/०२/२३ गते सम्म पुर्व मेची देखी पश्चिम महाकाली सम्म संचालन भएको नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र रानीवारीको संयुक्त तत्वावधानमा संचालित लागुऔषध, घरेलु तथा यौनजन्य हिंसा विरुध्द जनचेतना मुलक कार्यक्रमको केही झलकहरु
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIda04c313bc1
मिति २०७६/०२/१२ देखी २०७६/०२/२३ गते सम्म पुर्व मेची देखी पश्चिम महाकाली सम्म संचालन भएको नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र रानीवारीको संयुक्त तत्वावधानमा संचालित लागुऔषध, घरेलु तथा यौनजन्य हिंसा विरुध्द जनचेतना मुलक कार्यक्रमको केही झलकहरु
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId5badf77f5b
मिति २०७५।०९।२७ गते शुक्रबार नेपाल प्रहरी श्रीमती संघद्वारा स्पाईनल कर्ड ईन्जुरी नेटवर्क नेपाल जोरपाटीमा आयोजित राहत बितरण कार्यक्रमको केही झलकहरु
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId20f41f5b69
मिति २०७५/०९/१६ गते धादिङ, गजुरी गाउँपालीका वडा नं ६, स्यामी डाँडा स्थित चेपांङ जातीको बाहुल्यता रहेको जनचेतना आधारभुत स्कुलका छात्रछात्राहरुलाई संघकी अध्यक्षज्युद्बारा न्यानो कपडा बितरण कार्यक्रम
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId25ace64aa9
मिति २०७५।०९।१४ गते शनिवार धुलिखेलमा नेपाल प्रहरी श्रीमती संघद्बारा आयोजित पिकनिक कार्यक्रमको केही झलकहरु
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId976cb00b87
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdf8a3aa9b7a
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId9cadccc06d
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId7b26e9eb49
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId6c776a130f
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId425f5f54b2
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId078d6e5df2
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId0e9ac6af70
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId425701bfab
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId6727e90fe2
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId04acb405e4
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIddb641e30ab
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId8bf9fce3bc
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdb3a23b4007
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdd8b047f538
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdef9897ab36
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId97cfe4a822
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdd56b352860
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeId6890244a85
https://www.nepalpolice.gov.np/index.php/nepal-police-wives-association#sigFreeIdb14b398a19