आगलागीमा परी मृत्यु तथा घाइते

काठमाडौं, २९ पुस
रुकुम : पूर्बपुठा उत्तरगंगा गाउँपालिका–८ चुमास्थित जंगलमा शुक्रबार आगलागी हुँदा सो ठाउँमा बाख्रा चराउन गएका उत्तरगंगा–८ बस्ने शेरबहादुर बोहोराको आगोले जलेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने अन्य २ जना घाइते भएका छन् ।
धनुषा : हंशपुर नगरपालिका–८ रामनगरा टोल बस्ने ७० वर्षीया सुजान महराको आगोले जलर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बिहीबार अचानक साडीमा आगो सल्किँदा जलेर घाइते भएकी महराको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।