पानीमा डुबेर मृत्यु

काठमाडौं, २९ पुस
बर्दिया : बारबर्दिया नगरपालिका–४ बैरिया बस्ने ६५ वर्षीय पुन्सा थारुको नदीमा डुबेर शुक्रबार मृत्यु भएको छ । सोही ठाउँस्थित बबई नदी किनारामा बाख्रा चराउन गएको अवस्थामा पानी पिउने क्रममा अचानक डुबेर उनको मृत्यु भएको बताइएको छ ।
पर्सा : आफ्नै घर अगाडि जमेको पानीको खाल्डोमा शुक्रबार डुबेर बेहोस भएका बहुदरमाई नगरपालिका–१ बिश्रामपुर बस्ने मनोज यादवको छोरा २ वर्षीय श्याम यादवको उपचारको लागि नारायणी उप–क्षत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।