विभिन्न धनमाल चोरी

काभ्रेपलाञ्चोक, २९ पुस
पनौती नगरपालिका–१० दालडाँडास्थित हिमालय वचत तथा ऋण सहकारी संस्थाको मुलगेटको ताला फोडेर सेफमा राखेको ७ लाख ८ हजार रुपैयाँ शुक्रबार राति चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।