आगलागीबाट धनमाल क्षति

काठमाडौं,३० पुस
खोटाङ : जन्तेढुंगा गाँउपालिका–४ बस्ने मानबहादुर राईको कच्ची घरमा शनिबार चुल्होमा बालेको आगोबाट आगलागी हुँदा नगद १ लाख रुपैयाँ सहित घर जलेर करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
म्याग्दी : धौलागिरी गाउँपालिका–७ मराङ बस्ने बलिधर गौतमको कच्ची घरमा शनिबार आगलागी हुँदा घरको पाली तथा काठपात जलेर करीब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
मोरङ : बेलबारी नगरपालिका–९ भक्काचोक बस्ने ५४ वर्षीय ईश्वरचन्द्र विश्वासको गोठमा शनिबार आगलागी हुँदा गोठ र भान्सा घर जलेर करीब २ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
कास्की : पोखरा लेखनाथ महानगरपालिका–१५ फलेपाटन चोकस्थित खेमबहादुर बानियाँको कच्ची घरमा आइतबार बिद्युत सर्ट भई आगलागी हुँदा घर जलेर करीब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।