मृत फेला

काठमाडौं,३० पुस
कास्की : गोर्खा पालुङटार नगरपालिका घर भएका ४५ वर्षीय दिपेन्द्र देवकोटा शुक्रबारदेखि हराएकाले खोजी गर्ने क्रममा मादी गाउँपालिका–९ स्थित मिजुरे बालुवा बेशीको जंगलमा भिरबाट लडेर मृत अवस्थामा शनिबार फेला परेका छन् ।

तनहुँ : ऋषिङ गाउँपालिका–४ भीरकोटमा ज्यामी काम गर्दै आएका भारत रक्सौल घर भएका ४५ वर्षीय टुना अन्सार शनिबार राति मुक्ति बि.क.को घरमा खाना खाई सुतेकोमा आइतबार बिहान मृत अबस्थामा फेला परेका छन् ।
रसुवा : गोसाइकुण्ड गाउँपालिका–६ धुन्चे घर भई हाल पार्वतीकुण्ड गाउँपालिका–१ नेसिङमा घर बनाउने काम गर्ने ४० वर्षीय फुर्पा पासाङ तामाङ शनिबार बेलुका खाना खाई सुतेकोमा आइतबार मृत अबस्थामा फेला परेका छन ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।