अत्याधिक चिसोको कारण मृत्यु

काठमाडौं,३० पुस
रौतहट : गढीमाई नगरपालिका–३ गमहरीया मुसहर टोल बस्ने ७२ वर्षीय असर्फी बैठाको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
यसैगरी रौतहटको दुर्गाभगवती गाँउपालिका–३ मत्सरी टोल बस्ने ७० वर्षीय गुगली राउत मेस्तरको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
सप्तरी : रुपनी गाँउपालिका–८ रायपुर बस्ने ओपिन पासवानको २ वर्षीया छोरा शिवम पासवान अत्याधिक चिसोको कारण बिरामी भएकाले सगरमाथा अञ्चल अस्पताल राजबिराज ल्याएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
यसैगरी सप्तरीको कन्चनरुप नगरपालिका–३ बस्ने ६२ वर्षीया कलियादेवी सदाको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।