अवैध सामान सहित पक्राउ

मकवानपुर,३० पुस
बिरगंज उपमहानगरपालिका–३ छप्कैया बस्ने २७ वर्षीय सुमन सर्राफ र भारत बिहार बेतिया जिल्ला भावल ग्रामपञ्चायत बस्ने १६ वर्षीय रोशनकुमार सोनीलाई चाँदी जस्तो देखिने वस्तुको २ वटा चारपाटे करीब ३ किलो ७५ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँबाट बाराको सिमरातर्फ जाँदै गरेको बा.३६ प ३१७३ नम्बरको मोटरसाइकललाई हेटौडा उपमहानगरपालिका–१ चौकीटोलमा जाँच गर्ने क्रममा सर्राफ र पछाडि सवार सोनीले बोकेको झोलामा उक्त बस्तु फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।