चिसोको कारणले मृत्यु

काठमाडौं, ३० पुस
सप्तरी : सुरुङगा नगरपालिका–१० बस्ने ५५ बर्षीय बुदीलाल मुखियाको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
रौतहट : फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ४८ बर्षीय रामप्रसाद कल्वारको अत्याधिक चिसोको कारण शनिबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।