आगलागीबाट धनमाल क्षति

काठमाडौं, १ फागुन
ललितपुर : ललितपुर महानगरपालिका–८ मंगलबजार स्थित सागर बज्रचार्यको घरमा मंगलबार पुजाको दियोबाट आगलागी हुँदा विभिन्न सरसामानहरू जलेर नष्ट भई करीब ७ लाख ७ हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
मोरङ : बिराटनगर महानगरपालिका–८ हाटखोला चोक स्थित सोही नगरपालिका–७ बस्ने किशोर रौनियारको एकतले कवाडीको गोदाममा मंगलबार आगलागी हुँदा करीब ४० लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
काभ्रे : बनेपा नगरपालिका–६ स्थित शिवहरी दाहालको टिनले छाएको १ तले घरमा मंगलबार आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको ।
बाँके : नेपालगंज उपमहानगरपालिका–२० जमुनाहस्थित भन्सार कार्यालयको नयाँ कम्पाउन्ड भित्र राखेको ग्ए द्दद्द त् ज्ञद्धढढ भारतीय नम्बरको मालबाहक ट्रकमा मंगलबार विधुत सर्ट भई आगलागी हुदाँ करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सोलुखुम्बु : माहाकुलुङ गाँउपालिका–२ बस्ने १८ बर्षीय मिलन राईको घरमा सोमबार आगलागी हुदाँ घर जलेर करिब ५ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
उदयपुर : कटारी नगरपालिका–८ तल्लो खमारे बस्ने लक्ष्मण आलेमगरको ढुङ्गा माटोले बनेको फुस्को छाना भएको २ तल्ले घरमा जडान गरिएको सोलार प्यानलको तार सट भई सोमबार आगलागी हुँदा करीब ५ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।