सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, १ फागुन
रुपन्देही : मायादेवी गाउँपालिका–४ गुण्डीस्थित हुलाकी सडकखण्डमा सोमबार लु.७प ३६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्न जाँदा मोटरसाइकल चालक शुद्धोदन गाँउपालिका–५ मानमटेरीया बस्ने २५ बर्षीय विनोद कहार र पछाडी सवार सोही ठाउँ बस्ने ३२ बर्षीय शम्भु मल्लाह घाईते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवामा पठाईएकोमा विनोद कहारको बाटोमै मृत्यु भएको ।
यसैगरी बुटवल उपमहानगरपालिका–१२ स्थित महेन्द्र राजमार्गमा सोमबार लु.१ख ७७६५ नम्बरको ट्रकमा लु.३६प १२४२ नम्बरको स्कुटर ठोक्किदाँ स्कुटर चालक सैनामैना–४ मुर्गिया बस्ने ४२ बर्षीय जोक बहादुर क्षेत्री र मोटरसाइकल पछाडी सवार तिलोत्तमा नगरपालिका–११ बस्ने १७ बर्षीय संजिव पोख्रेल घाईते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाईएकोमा संजिव पोख्रेलको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जोक बहादुर क्षेत्रीलाई थप उपचारको लागी ग्राण्डी अस्पताल धापासी काठमाडौ पठाईएको छ । सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी : दुहवी नगरपालिका–३ स्थित ईटहरीबाट बिराटनगरतर्फ जादै गरेको ना.३ ख ९८६० नम्बरको बसको ठक्करबाट घाईते भएका पैदल यात्री बराहा नगरपालिका–६ बस्ने ६० बर्षीय डेगराज रिजालको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । साथै बसको ठक्करबाट घाईते भएका साईकल यात्री दुहवी नगरपालिका–४ बस्ने १७ बर्षीय रबिन चौधरी र पैदल यात्री सोही स्थान बस्ने ३० बर्षीय सन्तोष कोईरालालाई उपचारार्र्थ बिराटनगर न्युरो अस्पताल लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ : तुलसीपुर उपमहानगरपालिका–१७ स्थितमा लु.१ च ७४३४ नम्बरको जिपले पैदल यात्री तुलसीपुर उपमहानगरपालिका–११ टाँडी बस्ने १७ बर्षीय किरण रानालाई मंगलबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।