विमानमा आगलागी हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते

काठमाडौं, २८ फागुन
      त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
      कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ४१ जनाको शव फेला परेको छ भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जनाको  जनाको मृत्यु भएको हो ।
       घाइतेमध्ये १० जनाको केएमसी अस्पताल सिनामंगल, ५ जनाको नर्भिक अस्पताल थापाथली, ४ जनाको ग्राण्डी अस्पताल धापासी, १ जनाको ओम अस्पताल चावहिल, १ जनाको मेडिसिटी अस्पताल नख्खु, १ जना न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।
     नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको छ ।