मृत अवस्थामा फेला

काठमाडौं, २९ फागुन
संखुवासभा : मकालु गाउँपालिका–५ नुमस्थित सडकमा पार्किङ गरी राखेको डब्ल्यूबी ७६७१४४ नम्बरको टिप्परका चालक भारत बिहार पुर्व चम्पारण घर भएका ४७ वर्षीय उमाकान्त सिंह सोमबार मृत अवस्थामा फेला परेका छन् । भारत सिलिगुडीबाट अरुण तेस्रोको प्लाष्टिकको पाईप लिएर आएको भारतीय जेपी कन्स्ट्रक्सनको उक्त टिप्पर खाँदवारीबाट फाक्सिन्दा दोभानतर्फ जाँदै गरेकोमा उक्त दोभान नपुगेपछि खोजी गर्दा चालक सिट भन्दा पछाडीको सिटमा कम्बल ओडेको अवस्थामा चालक मृत फेला परेका हुन् ।
झापा : बिर्तामोड नगरपालिका–५ बस्ने २६ वर्षीय साजन मुखिया फागुन २० गतेदेखि हराई बेपत्ता भएकोमा खोजी गर्ने क्रममा ईलाम रौ गाउँपालिका–३ कोलबुङस्थित मेची राजमार्गदेखि करीव १ सय मिटर तल जंगलमा जुटको बोरामा पोको पारी फालेको अवस्थामा उनको शव फेला परेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।