विभिन्न धनमाल चोरी

भक्तपुर, २९ फागुन
चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने ५१ वर्षीय कृष्णबहादुर तामाङको घरमा सोमबार कोही नभएको अवस्थामा मुलढोकाको ताला फोडेर सुनका विभिन्न गरगहना र नगद गरी करीव ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।