गोली प्रहार गर्ने कार्यमा संलग्न व्यक्ति हतियार सहित पक्राउ

रुपन्देही, २९ फागुन
सिद्धार्थनगर नगरपालिका–३ चिल्ड्रेन पार्कस्थित बाटोमा हिंडिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३८ वर्षीय हरी सेठीयालाई सोमबार गोली प्रहार गरी फरार भएका १ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
युपी ५६ ई ४१४९ नम्बरको मोटरसाइकमा आएका व्यक्तिहरूले सेठियामाथि गोली प्रहार भएको तर उनलाई नलागेको भन्ने खबर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्राप्त हुनासाथ खटी गएको प्रहरीले घटनामा संलग्नमध्ये भारत जिल्ला महाराजगंज मोनजोत ग्राम पोष्ट नौतुनहवा बस्ने ४६ वर्षीय रमजान मुसलमानलाई बाह्रबोरको नलकटुवा १ थान, त्यसको गोलीको खोका १ थान र उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।
घटनामा संलग्न रही फरार रहेका अर्का १ जनाको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।