मेशिनमा बेरिएर मृत्यु

काठमाडौं, २९ फागुन
काठमाडौं सुकेधारास्थित बल्टेक उद्योगमा काम गर्ने क्रममा मंगलबार डोरी बनाउने मेशिनमा बेरिएर गम्भीर घाइते भएकी सुकेधारा बस्ने ओखलढुङ्गाकी २२ वर्षीया अन्जु कार्कीको उपचारको लागि शिक्षण अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।