जुवा तास खेल्ने पक्राउ :

काठमाडौँ, ३ बैशाख
    गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा र बुढानिलकण्ठ नगरपालिका–३ कपनमा जुवा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले आइतबार जम्बुडाँडाबाट नगद २३ हजार ७ सय ६० रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका कपनबाट नगद ३८ हजार २ सय ६० रुपैयाँ र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।