अवैध रुपमा लैजान लागेको सुन सहित पक्राउ

कञ्चनपुर, २ जेठ
    काठमाडौंबाट महेन्द्रनगर हुँदै भारततर्फ जाँदै गरेको एचआर १२ एएफ ०००६ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा अवैध रुपमा लैजाउन लागेको करीव आधा केजी सुन फेला पारी चालक भारत कैथल हरियाना बस्ने ३५ वर्षीय जितेन्द्र सोहनी र सोही स्थान बस्ने ४५ वर्षीय सुरेशकुमार पाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।