आगलागीबाट धनमाल क्षति

कपिलवस्तु, ३ जेठ
    शिबराज नगरपालिका-५ चन्द्रौटा चोकस्थित लक्ष्मी दुध डेरी पसल, पौडेल कम्प्युटर पसल र शिबराज सैलुन पसलमा  बुधबार बिजुली सर्ट भई आगलागी हुँदा ३ वटै पसलका विभिन्न सामानहरू जलेर करीव १ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
     स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।