लागूऔषध सहित पक्राउ


काठमाडौँ, ३० जेठ
    बारा :  पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ५२ वर्षीय समसुदिन मियालाई अवैध लागूऔषध गाँजा ६ किलो सहित सिमरा उपमहानगरपालिका-२१ स्थित दुधौरा खोलाको छेउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
     म्याग्दी : मालिका गाउँपालिका-२ रुम बस्ने ३९ वर्षीय नोख बहादुर रोकालाई प्रहरीले मंगलबार उनकै  घरमा कपडाले बेरी राखेको ९ सय ग्राम चरेस जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको छ ।
    धादिङ : बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने २२ वर्षीय अशोक मगरलाई प्रहरीले लागूऔषध गाँजा २ के.जी.सहित पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार मगर सवार बा. ८० प ९०८५ नम्बरको मोटरसाइकललाई चेक गर्दा उक्त गाँजा बरामद भएको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।