सवारी दुर्घटनामा मृत्यु

काठमाडौँ, ३० जेठ
    काठमाडौँ महानगरपालिका–३२ जडिवुटी चोकमा ना.४ ख ३५५८ नम्बरको टिपरले बा.७०प ९३९९ नम्बरको स्कुटीलाई बुधबार ठक्कर दिँदा स्कुटी पछाडी सवार काभ्रे श्यामपाटी घर भएकी २४ वर्षीया अस्मिता भण्डारी गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डबि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने टिपरलाई स्थानीय बासिन्दाहरुले आगजनी गर्दा अगाडीको भाग क्षति भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।