मदिरा नष्ट गरिएको

काठमाडौँ, ३० जेठ
    अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत काठमाडौँ जिल्लाका विभिन्न स्थानहरुबाट जेष्ठ २३ गते देखि हालसम्म महानगरीय प्रहरी परिसर काठमाडौँ तथा मातहत वृत्त,प्रभागहरुबाट बरामद गरिएको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको छ ।
    महानगरीय प्रहरी परिसर काठमाडौँको हाता भित्र बुधबार खाल्डो खनेर घरेलु मदिरा अन्दाजी ४२ हजार ८ सय, कच्चा पदार्थ ९ हजार किलो बराबरको नष्ट गरिएको हो ।