फरार अभियुक्त पक्राउ

भक्तपुर, ३० जेठ
    श्रीमतीको हत्या गरी फरार रहेका चागुनारायण नगरपालिका–७ बस्ने भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भएका उमेश कुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
    माझीले जेठ २५ गते २८ वर्षीया श्रीमती सलिना माझीलाई कोठामा सुति रहेको अबस्थामा टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । घटना पश्चात फरार रहेका माझीलाई बुधबार प्रहरीले काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।