सवारी दुर्घटनामा मृत्यु


काठमाडौं, ४ असार
    काठमाडौं महानगरपालिका-५ हाडीगाँउ स्थित सडकमा बा.८ च ७१२१ नम्बरको सुजुकी कारले पैदलयात्री सप्तरी राजबिराज घर भएका २८ वर्षीय बुद्ध राईलाई सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चाबहिल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । कार र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
    यसैगरी काठमाडौं  महानगरपालिका-९ बत्तीसपुतली स्थित सडकमा बा.२ ख ४६३८ नम्बरको बसले सोमबार नाम, थर, वतन नखुलेकी ६५ वर्षीया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको  लागि काठमाडौं मेडिकल अस्पताल सिनामंगल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।