भरुवा बन्दुक सहित पक्राउ


सिराहा, ४ असार
    धनगढीमाई नगरपालिका-१० बस्ने ५५ वर्षीय दलबहादुर मगरलाई सोही नगरपालिका-४ जयपुर स्थित आँपको बगैंचाबाट प्रहरीले सोमबार भरुवा बन्दुक १ थान, बारुद, छर्रा र २ वटा भाला सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।