सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ५ असार     
    भक्तपुर : मध्यपुर ठिमी नगरपालिका-१ मनहरा पुल नजिक ना.६ ख ५६४० नम्बरको ट्रकले बा.८८ प २८० नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ राधे राधे बस्ने ३४ वर्षीय गणेश दुलाल घाइते भएकोले उपचारको लागि बि एण्ड बि‍ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।
    रुपन्देही : देवदह नगरपालिका-१० भलुही जंगलस्थित राजमार्गमा बा.३५ प ४७८ नम्बरको मोटरसाइकल सोमबार जरायोसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलका चालक मोरङ लेटाङ नगरपालिका-८ घर भएका ३० वर्षीय डिल्लीराम तिमल्सिना र सुर्खेत घर भएका २४ वर्षीय दिपक खत्री घाइते भएकोले उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा दिपकको मृत्यु भएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।