हातहतियार सहित पक्राउ

काठमाडौं, २८ असार
    काभ्रे : रोशी गाउँपालिका–६ कालिञ्चोक बस्ने ३८ वर्षीय लोकेन्द्र तामाङलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान र तरबार १ थान सहित पक्राउ गरेको छ । प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरीले बुधबार तामाङको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई पक्राउ गरेको हो ।
    बाँके : सोनारी गाउँपालिका–६ कमैया डाँडागाउँ बस्ने रामबहादुर थारूको घरबाट कटुवा पेस्तोल १ थान बुधबार प्रहरीले बरामद गरेको छ । निज थारु हाल दाङ प्रहरीको नियन्त्रणमा रहेको खुल्न आएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।