डुबेर मृत्यु

काठमाडौं,२५ साउन
    कपिलवस्तु : माँयादेवी गाउँपालिका-६ बरसुरुवा बस्ने १८ वर्षीय ईन्साफ अली बढईको बिहीबार घरदेखि १ कि.मि.पूर्वमा रहेको सिसई नदीको फाँटमा (बाँध) खसेर डुव्दा असक्त भएकोले आफन्तले उद्धार गरी घरमा लैजादाँ मृत्यु भएको छ ।
    धनुषा : बिदेह नगरपालिका-६ तिनकोरीया चोक बस्ने ईन्दल दासको ६ वर्षीय छोरा अभिषेक दासको बिहीबार घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएकोले उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    कास्की : पोखरा लेखनाथ महानगरपालिका-१८ खपौदि स्थित प्याराग्लाईडिङ ल्याण्ड गर्ने ठाउँ नजिकै फेवातालको किनारमा सोही महानगरपालिका–१७ बिरौटास्थित चर्जमा बस्ने खोटाङ धितुङ घर भएका १९ वर्षीय  लाल बहादुर सार्कीको बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।  
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।