जस्ताको छानो माथि राखेको ढुंगाले लागेर मृत्यु

नुवाकोट,२५ साउन
    जस्ताको छानो माथि राखेको ढुंगा खसेर लाग्दा ककनी गाउँपालिका-७ चतुराले बस्ने बिशाल दर्जीकी ६ वर्षीया छोरी सरु दर्जीको मृत्यु भएको छ ।
    ढुंगा माटोले बनेको कच्ची घरको छानोको खाँबो बिहीबार भाँच्चिदा जस्ता माथि राखेको ढुंगाहरु खस्दा भुई तलामा सुतिरहेकी सरु दर्जीको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको थियो । ढुंगाले लागेर दर्जीको २६ वर्षीया श्रीमती कोपिला दर्जी र ८ वर्षीया छोरी सलिना दर्जी समेत सामान्य घाइते भएका थिए ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।