सवारी दुर्घटनामा मृत्यु

झापा, २५ साउन
    गौरादह नगरपालिका–१ किष्णे खोलास्थित भित्री सडकमा मे.१त ६५५३ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय कमल तामाङ्ग शुक्रबार ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएकाले लाईफ लाईन अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको, छ ।  ट्याक्टर र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।