डुबेर मृत्यु

काठमाडौं, २६ असोज
    दाङ र रुपन्देहीमा बिहीबार डुबेर २ जनाको मृत्यु भएको छ ।
    दाङ घोराही उपमहानगरपालिका-१४ सेवार खोला नजिक माछापोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ फुर्शेखाली बस्ने जितबहादुर बुढाको ७ वर्षीय छोरा सुदर्शन बुढाको पानीमा डुबेर मृत्यु भएको छ ।
    रुपन्देही तिलोत्तमा नगरपालिका-९ मंगलापुरस्थित रामजानकी मन्दिर परिसरमा रहेको पानीको तलाउमा हाल सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी रामग्राम नगरपालिका-१० का नन्दलाल खवासका ५ बर्षीय छोरा प्रेम भन्ने युवराज खवासको मृत्यु भएको छ । पानीमा डुबेर अशक्त भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि क्रिमसन अस्पताल मणिग्रामतर्फ लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।