करेन्ट लागेर मृत्यु

चितवन, २६ असोज
    भरतपुर महानगरपालिका-४ शिवघाटमा पोलमा लाईट राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नवलपरासी गैंडाकोट नगरपालिका-८ बस्ने २७ वर्षीय भिमबहादुर पुन मगरको भरतपुर सरकारी अस्पताल लैजाने क्रममा बिहीबार मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।