अवैध घरेलु मदिरा नष्ट

काठमाडौं, २६ असोज
    बुढानिलकण्ठ नगरपालिका-११ कपनटारबाट बिहीबार प्रहरीले करिब १ हजार १ सय  लिटर घरेलु मदिरा र २ हजार १ सय ५० लिटर कच्चा पदार्थ प्रहरीले बरामद गरी स्थानीयबासीको रोहबरमा नष्ट गरेको छ ।
    सोही ठाउँस्थित जग्गा भाडामा लिई संखुवासभाका ३७ वर्षीय लाक्पा भोटेले अवैध घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा खटी गएको प्रहरी टोलीले जाँच गर्दा उक्त मदिरा र कच्चा पदार्थ फेला पारी नष्ट गरिएको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।