आगलागीबाट धनमाल क्षति

काठमाडौं, २६ असोज
काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला टाउन प्लानिङस्थित हार्डवयर तथा कबाडी पसलमा शुक्रबार विजुलीको तार सर्ट भई आगलागी हुँदा हार्डवयर तथा कबाडीका सामानहरु जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।