संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा सहित २ जना पक्राउ

काठमाडौं, २६ असोज
काठमाडौं महानगरपालिका-१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) सहित २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
            पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-२ का १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका-१ का २८ वर्षीय ज्ञानबहादुर श्रेष्ठ रहेका छन् । सालकको खपटा ओसार पसार गरी खरिद बिक्री गर्न बोकी ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । उक्त खपटाको तौल १ केजी १ सय ग्राम रहेको छ ।
पक्राउ दुवै जनालाई प्रहरीले आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाएको छ  ।