पटाका सहित पक्राउ तथा बरामद

काठमाडौं, २१ कात्तिक
    काठमाडौं र मोरङबाट विभिन्न प्रकारका पटाका सहित ३ जनालाई प्रहरीले पक्राउ गर्नुका साथै विभिन्न प्रकारका पटाका बरामद गरेको छ ।
    काठमाडौं महानगरपालिका-१० स्युचाटारमा पसल संचालन गरी बस्ने सिन्धुली महेन्द्र झ्याडी गाउँपालिका-५ का ३५ वर्षीय  दिपक बलोनलाई बिक्री गर्न राखेको २ बोरा पटाका सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
साथै काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीबाट भक्तपुर ठीमी कटुन्जे बस्ने तेह्रथुम सुदाप नगरपालिका-९ का २९ वर्षिय गजेन्द्र लिम्बुलाई झिरझिरे पटाका ४ प्याकेट र खुर्सानी पटाका १ सय २३ प्याकेट सहित मंगलबार राती प्रहरीले पक्राउ गरेको    छ । सोही ठाउँस्थित बा.८० प ९०१० नम्बरको स्कुटरको डिक्की तथा झोलामा पटाका बोकी बेच्दै गरेको अवस्थामा फेला पारी लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं काडाँघारीस्थित बिभिन्न पसलहरुबाट खुर्सानी पटाका १ सय ८ पाकेट, रकेट पटका २४ थान, बिभिन्न प्रकारको झिरझिरे बत्ती १ सय ३३ थान र सुन्तली पटाका २१ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।
मोरङ बिराटनगर माहानगरपालिका-२ गोल्छा बस्ने ५९ वर्षीय राजकुमार साह र सोही ठाउँ बस्ने ३० वर्षीय सुशिलकुमार साहलाई किङ्ग कोब्रा पटाका ५४ प्याकेट, झिरझिरे ठुलो ४ बट्टा, सानो झिरझिरे १ सय १२ प्याकेट, रकेट बम १ प्याकेट र अनार बम ४ प्याकेट पटाका सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पसलमा उक्त पटाकाहरु बेचिरहेको अवस्थामा फेला पारी राजकुमार र सुशिलकुमारलाई  प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।