सवारी दुर्घटनामा मृत्यु

काठमाडौं , २२ कात्तिक
    नवलपरासी (पूर्व), रुपन्देही, खोटाङ, सिन्धुली र बाँके भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
              नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका-१६ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका रुपन्देही बुटवल नगरपालिका-११ बस्ने ७५ वर्षीय दिनबहादुर गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
      रुपन्देही कंचन गाउँपालिका-५ स्थित सडकमा लु.३७ प ९९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा  गम्भीर घाइते भएका मोटरसाइकल चालक सियारी गाँउपालिका-१० बस्ने ३० वर्षीय दिर्घबहादुर रानाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको छ ।
       खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ मुडेस्थित सडकमा ना.१ ज ३६९८ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही गाँउपालिका-१ बस्ने ४१ वर्षीय दिपक रसाईलीलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।
       सिन्धुली तीनपाटन गाँउपालिका-११ अर्चलेस्थित सडकमा ना.७ ख ८९३ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका सोही गाँउपालिका-४ बस्ने १६ वर्षीय राजकुमार कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको छ ।
       बाँके कोहलपुर नगरपालिका-११ स्थित सडकमा ना.५ ख १२०८ नम्बरको बसले भे.४ प ५४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २८ वर्षीया मालीका अधिकारीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको छ । दुबै सवारी साधन सहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।