करेन्ट लागेर मृत्यु

सर्लाही, २२ कात्तिक
      मलंगवा नगरपालिका-१० नयाँ  टावर बस्ने रामेश्‍वर साहको ७ बर्षीय छोरा निशान्तकुमार साहको करेन्ट लागेर मृत्यु भएको छ । दिपावलीमा झिलिमिले बत्ती बाल्ने क्रममा करेन्ट लागेर छतबाट खस्दा गम्भीर घाइते साहको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा बुधबार दिउसो मृत्यु भएको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।