मृत अवस्थामा फेला

कठमाडौं, २२ कात्तिक
         धादिङ, सिन्धुपाल्चोक, मोरङ र रौतहटको विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
       धादिङ गल्छी गाउँपालिका-२ बेलिङटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको शव बिहीबार दिउसो फेला परेको छ ।
    धादिङ निलकण्ठ नगरपालिका-२ मुहानघरस्थित खोल्सामा सोही ठाउँ बस्ने ४० वर्षीय चेपा बिक बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन ।
     सिन्धुपाल्चोक बलेफी गाँउपालिका-५ स्थित कपिलेश्वर शिव मन्दिरका पुजारी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ बस्ने ८० वर्षीय लिलाबहादुर भण्डारी बिहीबार दिउसो मन्दिरमा मृत अवस्थामा फेला परेका छन् ।
         मोरङ सुनसरी ईटहरी उपमहानगरपालिका-५ जनता टोल बस्ने ४९ वर्षीय दिवस राई पथरी शनिश्चरे नगरपालिका-३ मिलन टोलस्थित धानबारीमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
रौतहट मौलापुर नगरपालिका-६ टोल पथरास्थित भकुवा खोलाको किनारको बांस झ्याङमा बिहीबार दिउसो देवाहीगोनाही नगरपालिका-९ धरहरी बस्ने २५ वर्षीया बबिता मलीको शव फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।