कुटपिटबाट मृत्यु

मकवानपुर, २२ कात्तिक
          हेटौँडा उपमहानगरपालिका-११ नवलपुर झोलुङ्गे पुलमा कुटपिट तथा झैझगडा हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४२ वर्षीय रमेश रानामगरको बिहीबार बिहान चुरेहिल अस्पतालमा मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका सोही उपमहानगरपालिका-१२ सिक्रेनी बस्ने २६ वर्षीय रंजित श्रेष्ठलाई थप उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ ।
कुटपिटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको       छ ।